काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। आइतवार सामाजिक सञ्जालमार्फत अलमुताइरीले पद छाडेको घोषणा गरेका छन्।
‘नेपाली फुटबलको सेवामा रहेको ५२५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा मेरो कार्यकाल समाप्त भएको घोषणा गर्दछु,’ उनले भनेका छन्, ‘खुसी, माया, दु:ख र पीडासहितको यो यात्रामा…