फिफा वरीयतामा नेपाल आठ स्थान तल झर्‍यो, शीर्ष स्थानमा ब्राजिल

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा आठ स्थान तल झरेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा छ। जुन पछिल्लो वरीयताभन्दा आठ स्थान तल हो। नेपाल यसअघि वरीयताको १६८औँ स्थानमा थियो। नेपालले भर्खरैमात्र एएफसी एसियन कप २०२३ को तेस्रो चरणको छनोट खेलेको थियो। छनोटको समूह ‘ए’ मा रहेको नेपाल जोर्डनसँग […]