नेपाल र मोरिसस बीचको पहिलो खेल आज, रंगशालामा दर्शकलाई अनुमति

१५ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम र मोरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज हुँदैछ । नेपाल र मोरिसस बीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक अफ्रिकन राष्ट्रिय टोलीविरुद्ध फुटबल खेल खेल्न लागेको हो । कप्तान किरण चेम्जोङले पहिलो पटक अफ्रिकन राष्ट्रविरुद्ध खेल्न लागेकाले यो फरक अनुभव हुने र […]

सम्बन्धित सामग्री

लगातार दोस्रो जितको खोजीमा नेपाल

नेपाली राष्ट्रिय फुटबल टोलीले आज (मंगलबार) दशरथ रंगशालामा दक्षिण अफ्रिकी देश मोरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ । पहिलो मैत्रीपूर्ण खेलमा जित निकालेको नेपालको नजर लगातार जित निकाल्ने रहेको छ । मोरिसस पनि...

मोरिसस विरुद्धको मैत्रीपूर्ण फूटबलमा नेपाल विजयी

मोरिसस विरुद्धको मैत्रीपूर्ण फूटबल खेलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालका तर्फबाट ५५औं मिनेटमा विमल घर्तीमगरले गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । खेल अवधिभर मोरिससले कुनै गोल गर्न सकेन । विमलको गोलसँगै नेपालले जीत हात पारेको छ ।

मोरिससविरुद्दको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी, बिमलको गोल नै निर्णायक

नेपाल र मोरिसससँग बीचको पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ । आज भएको खेलमा नेपालले मोरिसस बिरुद्द १-० गोल अन्तरले विजयी भएको हो । खेलको ५५ औ मिनेटमा बिमल घर्ति मगरले गरेको गोल नै निर्णायक भयो । बिमलले २ वर्षपछि टोलीमा कम ब्याक गरेका हुन् ।  नेपालले एक दशकपछि मैत्रीपूर्ण खेलमा घरेलु मैदानमा जित निकालेको हो । नेपालले पहिलो पटक अफ्रिकी मूलक मोरिसससँग खेलेको हो । फिफा बरियतामा नेपाल १६९ स्थानमा रहेको छ भने मोरिसस १७२ औ स्थानमा रहेको छ । मोरिससले नेपालसँगको खेल कठिन हुने बताएका थिए । खेल अघि आयोजित पत्रकार सम्मलेनमा मोरिससका मुख्य प्रशिक्षक टोनी फ्रानकोइसले लामो समयपछि अन्तराष्ट्रिय खेल खेल्न लागेको र आफुहरुले पनि ४५ दिन मात्र अभ्यास गरेकोले नेपाल सँगको खेल सहज नहुने बताएका थिए। नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले भने नेपाल विजयी भएमा जितको श्रेय खेलाडीलाई दिन तथा हारेको खण्डमा हारको जिम्मेवारी आफुले लिने बताएका थिए। खेलमा कुल क्षमताको एक तिहाई अर्थात् करिब ५ हजार दर्शकले प्रवेश गराईएको थियो  । खेलको टिकट दर ५०० र १००० कायम गरिएको छ । दोस्रो खेल भने माघ १८ गते हुने छ ।

नेपाल भर्सेस मोरिसस : पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । नेपाल र मोरिससबीच जारी मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा भइरहेको मोरिससविरुद्धको दुई मैत्रीपूर्ण खेल मध्ये नेपालले पहिलो खेल आज खेलिरहेको छ । दोस्रो खेल मंगलबार हुनेछ । जारि खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्ने थुप्रै अब सृजना गरेपनि त्यसलाई सदुपयोग गर्न सकेनन । नेपाली टीमबाट […]

नेपाल र मोरिसससँग बीचको पहिलो मैत्रीपूर्ण फुटबल आज

नेपाल र मोरिसससँग बीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज शनिवार हुदै छ । आज दशरथ रंगशाला स्थित घरेलु मैदानमा बेलुका ४:४५ बजे खेल हुन लागेको हो।नेपालले पहिलो पटक अफ्रिकी मूलक मोरिसससँग खेल्न लागेको हो । फिफा बरियतामा नेपाल १६९ स्थानमा रहेको छ भने मोरिसस १७२ औ स्थानमा रहेको छ । मोरिससले नेपालसँगको खेल कठिन हुने बताएको छ । खेल अघि आयोजित पत्रकार सम्मलेनमा मोरिससका मुख्य प्रशिक्षक टोनी फ्रानकोइसले लामो समयपछि अन्तराष्ट्रिय खेल खेल्न लागेको र आफुहरुले पनि ४५ दिन मात्र अभ्यास गरेकोले नेपाल सँगको खेल सहज नहुने बताएका छन् । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले भने नेपाल विजयी भएमा जितको श्रेय खेलाडीलाई दिन तथा हारेको खण्डमा हारको जिम्मेवारी आफुले लिने बताएका छन् । उनले २ वटा खेलको लागि २ फरक टिमको घोषणा गरेका छन् । खेलमा कुल क्षमताको एक तिहाई अर्थात् करिब ५ हजार दर्शकले प्रवेश पाउने छन् । खेलको टिकट दर ५०० र १००० कायम गरिएको छ । दोस्रो खेल भने माघ १८ गते हुने छ ।

नेपाल र मरिससबीच पहिलो मैत्रीपूर्ण खेल आज

काठमाडौं : नेपालले आज अफ्रिकी देश मोरिसससँग मैत्रीपूर्ण खेल खेल्दै छ। दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आएको मोरिसस र नेपालको पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।खेल शनिबार दिउँसो ४:४५ बजे सुरु हुनेछ। दुवै टिम सुखद् नजिताको लक्ष्य लिएर मैदान उत्रिने छन्। केही सातादेखि तयारी गरिरहेको नेपालले अघिल्ला खेलमा भएका कमी कमजोरी सुधार गर्ने लक्ष्य लिएको छ।खेलको अघिल्लो दिन शुक्रबार पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान किरण चेम्जोङले मोरिससविरुद्ध मैत्रीपूर्ण खेलमा जितका लागि खेल्ने बताएका छ

सुखद नजिताको लक्ष्यसहित मोरिसससँग भिड्दै नेपाल

पहिलो पटक अफ्रिकी देश मोरिसससँग शनिवार नेपालले पहिलो मैत्रीपूर्ण फूटबल खेल खेल्दैछ । २ मैत्रीपूर्ण खेलका लागि नेपाल आएको मोरिससविरुद्ध नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भिड्दा सुखद नजिताको लक्ष्य लिएर मैदान उत्रिनेछ । भ्रमणकारी टोली मोरिसस भने नेपाललाई रोक्ने रणनीतिका साथ घरेलु टोलीको सामना गर्नेछ । केही हप्तादेखी मोरिसससँगको खेलका लागि तयारी गरिरहेको नेपालको लक्ष्य अघिल्ला खेलमा भएका कमी कमजोरी सुधार गर्ने हुनेछ । खेलको अघिल्लो दिन शुक्रवार पत्रकार सम्मेलनमा टोलीका कप्तान किरण चेम्जोङले शनिवार मोरिससविर...

नेपाललाई ‘बलियो’ मान्छ मोरिसस

केही झिनो अन्योलबीच नेपाल र मोरिससबीचको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुने नै भयो । दशरथ रंगशालामा हुने खेलका लागि दर्शकले प्रवेश पाउनेछन् वा छैनन्, पाए कतिले पाउनेछन् ? यी सबै प्रश्न अझै अनुत्तरित छन् । तर मोरिसस टिम सोमबार नेपाल आइपुगेपछि खेललाई लिएर अन्योल रहेन । र, यससँगै तय भएको छ, नेपालले पहिलोपल्ट ऐतिहासिक रूपमा अफ्रिकी प्रतिद्वन्द्वीको औपचारिक सामना गर्ने ।

मोरिससको टोली नेपाल आइपुग्यो, नेपालसँग दुई मैत्रीपूर्ण खेल

आयोजक नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि सोमबार मोरिसस टोली काठमाडौं आईपुगेको छ । पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)  पदाधिकारीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । पहिलो पटक अफ्रिकी देशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टिम अहिले बन्द प्रशिक्षणमा रहेको हो । हाल फिफा बरियताको १ सय ७२ औं स्थानमा रहेको मोरिसस टिमले नेपालसँग सुखद नतिजाका लक्ष्य लिएर आएको बताएको छ । यद्यपि कोरोना र चोटका कारण मुख्य खेला

मौरिससको फुटबल टोली नेपाल आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीसँगको दुई मैत्रीपूर्ण खेलका लागि मौरिससको राष्ट्रिय फुटबल टोली सोमबार काठमाडौं आइपुगेको छ । नेपाल र मौरिससबीच दशरथ रंगशालामा माघ १५ (शनिबार) र माघ १८ (मंगलबार) दुई मैत्रीपूर्ण खेल हुँदैछ । फिफा वरियतामा नेपाल भन्दा मौरिसस केहि पछाडि रहेको छ । नेपाल १ सय ६९ औं र मोरिसस १ […]