तिहार सकिए लगतै मध्यतराईका बजारमा छठको रौनक शुरु भएको छ ।
ठेकुवा तथा प्रसाद बनाउन पवित्र तथा शुद्ध माटोको चुल्हो बनाउन महिलाले माटो ल्याउन थालेका छन् । छठ ब्रत्तको लागि पकाइने ठेकुवा, प्रसाद तथा चोखो खाना बनाउन माटोको नयाँ चुल्हो बनाउने परम्परा रहेको छ ।