काठमाडौँ– नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले अर्थतन्त्र भयावह अवस्थामा नरहेको र अर्थतन्त्रका आधार कमजोर नरहेको भन्दै अहिले देखिएका दबाबलाई पनि भोलिका दिनमा सम्बोधन गर्न सकिने बताए। उनले नेपालको मुद्रा स्फितीमा पनि समस्या देखा […]