निषेधाज्ञाको अवधि थपिँदै जाँदा समस्या थप भयावह हुन्छ : नाडा

नाडा अटोमोबाइल्स एशोसिएशन्स अफ नेपालले निषेधाज्ञाको अवधि थपिँदै जाँदा समस्या अरु भयावह हुने बताएको छ

सम्बन्धित सामग्री

एसेम्बलिङ उद्योगको  कर छूट घटाए जोखिम

काठमाडौं । अटोमोबाइल्स एसेम्बलिङ उद्योगले पाउँदै आएको कर छूट हटाइए वा घटाइए त्यसको नकारात्मक असर स्वदेशी सवारीसाधन उत्पादनमा पर्ने सरोकारवालाले बताएका छन् । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटमार्फत उक्त उद्योगले पाउँदै आएको अन्त:शुल्क र भन्सार छूट घटाउने तयारी गरेको खबर बाहिरिएपछि सम्बद्ध उद्योगी व्यवसायीले चिन्ता प्रकट गरेका हुन् ।  अटोमोबाइल्स व्यवसायीहरूको संस्था नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले सरकारले छूट सुविधा कटौती गरे अटोमोबाइल्स एसेम्बलिङ उद्योग नराम्ररी प्रभावित बन्ने बताएको छ । सरकारले एसेम्बली उद्योग स्थापनामा निजीक्षेत्रलाई प्रोत्साहित गर्न विगतमा महशुल छूट र नीतिगत सहजताको व्यवस्था गरेको थियो । सरकारको उक्त कदमपछि नै नेपालमा सवारीसाधन एसेम्बल गर्ने उद्योग स्थापना हुन थालेको व्यवसायी बताउँछन् ।  नाडाका अनुसार नेपालमा अहिले दुईपांग्रे सवारीसाधनका चारओटा एसेम्बलिङ उद्योग सञ्चालनमा छन् । थप दुईओटा पाइपलाइनमा छन् । चारपांग्रे सवारीसाधन पनि नेपालमै एसेम्बलिङ गर्न उद्योग स्थापनाको काम चलिरहेको नाडाका पदाधिकारी बताउँछन् । अन्तरराष्ट्रिय अटोमोबाइल ब्रान्डहरू सुजुकी र हुन्डाईले उद्योग दर्ता गरेर जमीन समेत किनिसकेको नाडाको भनाइ छ ।  नाडा अध्यक्ष धुव्र थापा सरकारले अहिलेको छूट सुविधामा कुनै प्रकारको कटौती गरे त्यसबाट विश्वासको संकट उत्पन्न हुने बताउँछन् । ‘राज्यले ल्याउने नीति दीर्घकालीन हुनुपर्छ । कुनै क्षेत्रमा व्यापक प्रभाव पर्ने खालको नीति आइसकेपछि, त्यसलाई छिटोछिटो परिवर्तन गर्नु हुँदैन,’ अध्यक्ष थापाले भने, ‘सरकारको अहिले सवारीसाधन एसेम्बलिङ गर्ने उद्योगलाई अन्त:शुल्कमा ५० र भन्सारमा २५ प्रतिशत छूट दिने नीति छ । यो छूट सुविधा आगामी बजेटबाट कटौती गरिए एसेम्बल उद्योग त धराशयी हुन्छ नै, राज्यमाथि नै विश्वासको संकट उत्पन्न हुन्छ ।’ अटोमोबाइल क्षेत्रका उद्योगी व्यवसायीले सरकारले दिएको छूट सुविधा यति छोटो समयमै कटौती गरेमा औद्योगिकीकरणको प्रक्रियामै गम्भीर असर पर्ने दाबी गरेका छन् । यसपछि निकै कम मात्रामा आइरहेका वैदेशिक लगानीकर्ता नेपालमा लगानीका लागि झन् हच्किने उनीहरूको भनाइ छ । उद्योगमैत्री वातावरण नेपालमा नरहेको सन्देश गएमा देश व्यापारिक हबमा मात्रै सीमित बन्ने उनीहरू बताउँछन् ।  नाडा महासचिव सुरेन्द्रकुमार उप्रेती सरकारले निजीक्षेत्रलाई हतास एवं खिन्न बनाउन नहुने धारणा राख्छन् । ‘खबरहरूमा आएजस्तो छूट सुविधा कटौती भएमा यो सरकारको धेरै ठूलो गल्ती हुनेछ । सरकारले तत्कालका लागि मात्रै सोच्ने होइन । दीर्घकालीन हितलाई ध्यानमा राख्नुपर्छ,’ महासचिव उप्रेतीले भने । दीर्घकालीन रूपमा अटोमोबाइल्स एसेम्बलिङ उद्योगबाट व्यापक फाइदा लिन सकिने महासचिव उप्रेती बताउँछन् । व्यवसायीहरू एसेम्बल उद्योगबाटै औद्योगिकीकरणको शुरुआत हुने बताउँछन् । साथै अटोमोबाइल्स एसेम्बलिङ उद्योगले अन्य धेरै अटोमोबाइल्सका पार्टपुर्जा उत्पादन गर्ने उद्योग नेपालमा खुल्ने वातावरण बनाएको उनीहरूको भनाइ छ । उनीहरूले अहिले सञ्चालनमा रहेका एसेम्बलिङ उद्योगबाट आयातित तयारी सवारीसाधनभन्दा सस्तोमा सर्वसाधारणले सवारीसाधन पाएको, रोजगारीका अवसर सृजना भएको, विदेशी प्रविधिको नेपालमा हस्तान्तरण भइरहेको र नेपालका प्राविधिकको दक्षता वृद्धि भइरहेकोतर्फ पनि सरकारको ध्यानार्कषण गराए ।  नेपालमा विदेशी प्रविधिको प्रवेशले विस्तारै नेपालभित्रै उत्कृष्ट सवारीसाधन उत्पादन गर्ने उद्योगको विकास हुने उद्योगीहरूको दाबी छ । सरकारको विश्वसनीयता बढ्दै गएमा लगानी पनि निरन्तर बढ्दै जाने उनीहरू बताउँछन् । एउटा क्षेत्रमा भित्रिएको वैदेशिक लगानीले अर्काे क्षेत्रमा पनि लगानी आउने आधार तयार हुने उद्योगी व्यवसायीको तर्क छ ।  सरकारको अस्थिर नीतिले अटोमोबाइल्स एसेम्बलिङ उद्योग बन्द भए ठूलो लगानी डुब्नुका साथै त्यसको प्रभाव दीर्घकालीन र भयावह हुनेतर्फ पनि यस क्षेत्रका उद्योगी व्यवसायीले सरकारलाई सचेत गराएका छन् । उनीहरूकै शब्दमा ‘सरकारको विश्वसनीयता गुमेमा उद्योग खोल्नेतर्फ भन्दा व्यवसाय गर्नेतर्फ निजीक्षेत्र लाग्ने भएकाले फेरि विश्वास आर्जन गर्न निकै समय लाग्नेछ ।’

नाडा अटोमोवाइल्स एशोसिएसनद्वारा नेपाल ए.पि.एफ अस्पताललाई सहयोग

काठमाडौँ / नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल ए.पि.एफ अस्पताललाई सहयोग गरेको छ । भयावह रूपमा देशभरी फैलिएको कोरोना महामारीको नियन्त्रण र

निषेधाज्ञाबारे नाडाले भन्यो-अति भयो, संसारलाई नियालौं र काम गरौं

२२ भदौ, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले निषेधाज्ञाकाबारे पुनर्विचार गर्न सरकारसँग माग गरेको छ । लकडाउनले देशको अर्थतन्त्रलाई धरासायी बनाएको र  बेरोजगारीको भयावह समस्या समेत उत्पन्न गरिरहेको नाडाले जनाएको छ । 'निषेधाज्ञाको अवधि थपिँदै …