संक्रमण भयावह हुने संकेत

सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणदर तीव्र गतिमा फैलने र यसले भयावह रुप लिने संकेत देखिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टको संक्रमण तीव्र देखिएपछि कामको सिलसिलामा भारतमा गएका सुदूरपश्चिमवाली अहिले धमाधम घर फर्किरहेका छन् । भारतबाट फर्केका उनीहरु बिना चेकजाँज सीधै आआफ्नो घर गइरहेका छन् । उनीहरुको व्यवस्थापनको लागि स्थानीय तहहरुले खासै ध्यान दिएको देखिदैन । भारतबाट आएका व्यक्तिहरु होम क्वारेन्टाइनमा नै बस्नुपर्ने भनिएकाले उनीहरु आआफ्नै घरमा बस्न लागेका

सम्बन्धित सामग्री

तेस्रो कोरोना लहर अवसर नबनोस्

विज्ञहरूले कोरोनाको तेस्रो लहर भयावह बन्ने संकेत गर्दै आएका छन् । अहिलेदेखि नै उच्च सतर्ककता अपनाउन सबैलाई सचेत पनि गराउँदै आएका छन् । त्रसित मानसिक उत्पन्न भए पनि भयावह अवस्था ननिम्तियोस् भन्ने सबैको अपेक्षा छ । तथापि संक्रमण हाम्रो सजगताकै नियन्त्रणभित्र हुन नसक्ने भएकाले प्रभावबाट बच्न सबैले होसियारी अपनाउनै पर्छ । जनस्वास्थ्यप्रति राज्य संवेदनशील छैन […] The post तेस्रो कोरोना लहर अवसर नबनोस् appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

उपत्यकामा जेठ २० पछि निषेधाज्ञा सहज बनाउने तयारी, स्वास्थ्य मापदण्डमा कडाइ

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु गरिएको आज एक महिना पुगेको छ । जेठ २० गतेसम्म कोरोना संक्रमणको भयावह अवस्था न्यूनीकरण गर्न भन्दै निषेधाज्ञा जारी छ । निषेधाज्ञा कहिले खुल्छ टुंगो छैन । पछिल्लो एक सातायता उपत्यकामा संक्रमण र मृत्युदर दुवै घट्दो क्रममा छ । जुन सकारात्मक संकेत हो । काठमाडौंका प्रमुख...

कोरोना संक्रमण भयावह हुने संकेत

सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणदर तीव्र गतिमा फैलने र यसले भयावह रुप लिने संकेत देखिएको छ

द्रुत मार्गबाट काम गर

कोरोना भाइरसको संक्रमण तीव्र बन्दै जाँदा पछिल्लो २४ घण्टामा ७ हजार १३७ जनामा संक्रमण पुष्टि भएको छ जुन हालसम्मकै सर्वाधिक हो । दोस्रो लहरको प्रारम्भिक चरणमै यतिका धेरै संक्रमित हुँदा आगामी दिनमा संक्रमण निकै भयावह हुन संकेत देखिइसकेको छ । सम्भावित संकटबाट नागरिकलाई जोगाउन विज्ञहरूले विभिन्न चरणमा गर्नुपर्ने तयारीबारे सरकारलाई सुझाव दिने र सतर्क पार्ने काम गरिसकेका छन् । तर, सम्भावित संकटविरुद्ध लड्न द्रुतमार्गबाट तयारी थाल्नुपर्नेमा त्यसो हुन सकेको छैन । जहाँ शासकको व्यक्तिगत लहडमा काम भएको छ र प्रमाणित तथ्यभन्दा बाहिर गएर काम गरिएको छ त्यहाँ नै कोरोना भयावह समस्या बनेको छ अनि त्यही देशमा नै अत्यधिक जनताले ज्यान गुमाएको पनि देखिन्छ । कोरोना अहिले जसरी तीव्र दरमा बढिरहेको छ त्यसमा नागरिकहरूको लापर्बाही एक कारण त हुँदै हो तर त्यो भन्दा सरकारको नेतृत्वमा बस्नेहरूको आचरण र अभिव्यक्ति बढी दोषी देखिन्छ । सबैभन्दा बढी संक्रमित भएकै दिन लुम्बिनी प्रदेशमा नाटकीय राजनीतिक कदम चालियो । गण्डकीमा पनि यस्तै गरिएको थियो र अन्य प्रदेशमा पनि यही अवस्था देखिँदै छ । संघीय सरकारमा देखिएको विवाद प्रदेश सरकारसम्म फैलिएको छ । तर, देशमा आइपरेको अभूतपूर्व स्वास्थ्य संकटबारे सरकारहरूलाई कुनै चासो नभएको जस्तो देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै बेसार पानी र अम्बाको पातको उपदेश दिँदा कोरोनाबारे जनता भ्रमित हुनु स्वाभाविक हो । अहिलेको समयमा वैज्ञानिक, तथ्यपरक र प्रमाणित कुरामात्रै गर्नुपर्नेमा आफ्ना व्यक्तिगत विश्वासका कुरा जनतालाई सुनाउँदै गर्दा त्यसले आममानिसमा पर्ने असरबारे उच्च नेतृत्वले सोच्नसमेत नसकेको देखिन्छ । जुन देशमा वैज्ञानिक तथ्यलाई मानेर यसविरुद्ध अभियान चलाइयो त्यहाँ कोरोनाले खासै क्षति गरेको देखिँदैन । तर, जहाँ शासकको व्यक्तिगत लहडमा काम भएको छ र प्रमाणित तथ्यभन्दा बाहिर गएर काम गरिएको छ त्यहाँ नै कोरोना भयावह समस्या बनेको छ अनि त्यही देशमा नै अत्यधिक जनताले ज्यान गुमाएको पनि देखिन्छ । नेपालमा पनि जानेर वा नजानेर त्यस्तै खालको कामलाई प्रोत्साहन गरिएको छ । त्यसैले सरकारले विज्ञहरूका सल्लाहअनुसार तीव्र गतिमा आगामी संकटका विरुद्ध तयारी थालिहाल्नुपर्छ । दोस्रो लहर उच्च तहमा नपुग्दै सरकारी अस्पतालहरूमा शय्या अभाव भएको समाचार आइरहेको छ । त्यस्तै विभिन्न अभावका बीच स्वास्थ्यकर्मीले जोखिम लिएरै पनि उपचारमा खटिरहेको पनि देखिएको छ । सरकारले आवश्यक स्वास्थ्योपकरणको थप जोहो तीव्र गतिमा अघि बढाउनुका विकल्प देखिँदैन । यद्यपि एउटा सत्य के हो भने कोरोनाको पहिलो लहर आउँदा नेपालको तयारी शून्य थियो र अहिले त्यो अवस्थामा निकै सुधार आएको छ, अनुभव र आत्मविश्वास पनि निकै बढेको छ । स्वास्थ्य मन्त्रालयले नै जेठको अन्त र असार महीनाको शुरूतिर संक्रमण चरम विन्दुमा पुग्ने आकलन गरेको छ । दैनिक ११ हजारका दरले संक्रमित हुने अनुमान उसले गरेको छ जुन अहिलेको दर हेर्दा त्योभन्दा निकै बढी हुने सम्भावना देखिन्छ । त्यसैले उपचार केन्द्र, स्वास्थ्यकर्मी तथा आइसोलेशन केन्द्रहरू निकै नै थप्नुपर्ने देखिन्छ । अहिलेको प्रजाति निकै संक्रामक हुनुका साथै सीधै श्वासप्रश्वासमा असर पार्ने खालको भएको विज्ञहरूको भनाइ भएकाले भेन्टिलेटर, अक्सिजन, सिलिन्डर र उपचारका लागि प्रयोग गरिने औषधि आदिको भण्डारण गर्न ढिला गर्नु हुँदैन । द्रुतमार्गबाट यसो गर्न कानूनी अड्चन छ भने स्वास्थ्य संकट काल लगाएर पनि आवश्यक जोहो गर्न कुनै पनि हालतमा ढिला गर्नु हुँदैन । सरकारी अस्पताल कोभिड बिरामीको उपचारमा केन्द्रित हुँदा अरू रोगको बिरामीले उपचार नपाउने अवस्था पनि देखिन थालेको छ । तिनको पनि उपचार हेरचाह र उपचार गर्ने जिम्मेवारी छँदै छ । होटल एशोसिएशन नेपालले होटेलहरूलाई पनि आइसोलेशन बनाउन दिन तयार रहेको बताएको छ । विगतमा पनि यस्तो प्रस्ताव उसले गरेकै हो । तर, सरकारले यसतर्फ अहिले पनि ध्यान दिएको छैन । आइसोलेशन केन्द्रहरू थप्न भौतिक सामानको जोहो गरे पुग्छ । तर, त्यहाँ आवश्यक जनशक्तिको समस्या पनि छ । यसका लागि नर्सिङ र डाक्टरी पढिरहेका विद्यार्थीहरूलाई पनि परिचालन गर्न सकिन्छ ।

दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन थाल्याे

कोरोना संक्रमण उकालो लागिरहँदा सातायता करिब दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन थालेको छ । पछिल्लो साता १५ हजार ४ सय ४६ जना संक्रमित हुँदा ८१ जनाको मृत्यु भएको हो । आइतबार एक दिनमै २८ जनाको मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । ‘लापरबाही गरे स्थिति भयावह हुन सक्छ,’ मन्त्रालयले भनेको छ ।मृत्युदरले कोभिडको विस्तार भयावह अवस्थातिर गइरहेको स्पष्ट संकेत गरेको वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले बताए । ‘नेपालजस्तो थोरै जनसंख्या भएको देशमा

आवश्यकताअनुसार बन्दाबन्दी गर्न चिकित्सकको सुझाव

नेपालमा कोरोनाको दोस्रो लहर भयावह बन्दै गएको देखिएको छ । अघिल्लो वर्ष मङ्सिरपछि बिस्तारै कोरोना संक्रमितको संख्या घट्दै गई शून्यमा झरेकोमा दोस्रो लहर शुरू भएपछि चैतपछि बिस्तारै संक्रमितको संख्या बढ्दै गएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अघिल्लो वर्ष क्रमशः संक्रमण बढेकोमा यस वर्ष शुरुआती समयमै ह्वात्तै संक्रमण बढेकाले यसले भयावह निम्त्याउने संकेत गरेको बताए ।‘कोरोना आगामी केही सातामै चुनौतीपूर्ण हुन सक्ने भएकाले बेलैमा यस

भयावह बन्दै कोरोनाको दोस्रो लहर

काठमाडौं । नेपालमा कोरोनाको दोस्रो लहर भयावह बन्दै गएको देखिएको छ । अघिल्लो वर्ष मङ्सिरपछि बिस्तारै कोरोना संक्रमितको संख्या घट्दै गई शून्यमा झरेकोमा दोस्रो लहर शुरू भएपछि चैतपछि बिस्तारै संक्रमितको संख्या बढ्दै गएको छ । नेपालमा दोस्रो लहर शुरू भएपछि आइतवार एकैदिन २८ जनाको मृत्यु भएको छ, जुन नेपालमा कोरोना शुरू भएयताकै उच्च संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा मृत्यु भएका १६ सहित २८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको जानकारी दिए । आइतवार कुल १० हजार ७८ को पीसीआर परीक्षण गरिएकोमा ३ हजार १२२ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै हाल नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार ३८२ पुगेको छ भने हालसम्म कुल ३ लाख ११९ मा संक्रमण पुष्टि भएकोमा ९२ प्रतिशत संक्रमित निको भएका छन् । तीनतर्फी खुला नाका भएको भारतमा कोरोना संक्रमण भयावह बन्दै गएकोमा बिस्तारै नेपालमा पनि संक्रमणले भयावहको लक्षण देखाउन थालेको हो । गएको १५ हजार ९८६ मा कोरोना पुष्टि भएकोमा ८१ जनाको मृत्यु भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अघिल्लो वर्ष क्रमशः संक्रमण बढेकोमा यस वर्ष शुरुआती समयमै ह्वात्तै संक्रमण बढेकाले यसले भयावह निम्त्याउने संकेत गरेको बताए । ‘कोरोना आगामी केही सातामै चुनौतीपूर्ण हुन सक्ने भएकाले बेलैमा यसलाई रोक्न कडाइका साथ स्वास्थ्य मापदण्ड अपनाउने र भौतिक भेटघाटविनाको जीवनशैली अपनाउनुको विकल्प छैन,’ उनले भने । बन्दाबन्दी विकल्प नभएको बताउँदै उनले सरकारले छोटो समयका लागि आवश्यकताअनुसार बन्दाबन्दी गरी त्यसबीचमा कोरोनासँग लड्न आवश्यक तयारी गर्नुपर्ने उनको भनाइ छ । नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि हाल आईसीयू र भेन्टिलेटर लगभग भरिसकेको चिकित्सकहरूले बताउँदै आएकोमा बिरामीले अस्पतालमा बेड नपाएको बताउँदै आएका छन् । कोरोना संक्रमणको दर बढ्दै गएपछि गत साताको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै राति ८ बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको थियो ।

विज्ञको चेतावनी: नेपालमा केही दिनभित्रै कोरोना महामारी भयावह हुँदैछ

चिकित्सकहरुले कोभिड १९ रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके संक्रमण ‘रोग’को रुपमा फैलन सक्ने बताएका छन् । सरकारले कोभिड १९ रोकथामका लागि गरेको कामको प्रकृति हेर्दा केही हप्ता भित्र नै संक्रमण ‘रोग’को रुपमा फैलन सक्ने संकेत देखिएको चिकित्सकहरुले बताएका छन् ।

समृद्धिको सकस र नेपाली भविष्य

अन्तर्राष्ट्रिय मुद्रा कोषले कोरोना भइरसबाट सृजित समस्याका कारण विश्वको आर्थिक वृद्धिमा ३ प्रतिशतले संकुचन आउने जनाएको छ । योसँगै विश्व सन् १९३० पछिकै ठूलो आर्थिक मन्दीतर्फ धकेलिने संकेत देखा पर्न थालिसकेको छ । कोरानाको कोभिड संक्रमण लम्बिँदै गए परिस्थिति झनै भयावह नहोला भन्न सकिन्न । कोरोनाले वैश्विक रूप लिएसँगै नेपालको अर्थतन्त्र पनि अछुतो रहने भएन । गत आर्थिक वर्ष २०७६-७७ को बजेट वक्तव्य पेस गर्दा अर्थमन्त्री युवराज खतिवडाले ८.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने उद्घोष गरेका थिए ।