कालिका लघुवित्तको खुद नाफा यस वर्ष करिब १० प्रतिशत घट्यो

कालिका लघुवित्तको खुद नाफा यस वर्ष करिब १० प्रतिशत घट्यो

सम्बन्धित सामग्री

करीब ७४ प्रतिशत घट्यो बोटलर्स नेपाल (बालाजु)को नाफा

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म बोटलर्स नेपाल (बालाजु)ले १० करोड ५३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा करीब ७४ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ४० करोड १४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा करीब ५१ प्रतिशत कम भएको छ । सञ्चालन नाफा घटेसँगै कम्पनीको खुद नाफा घटेको हो । गत वर्ष ४७ करोड ३६ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष २३ करोड २२ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ छ । जगेडा कोष रकम भने गत वर्षभन्दा १० प्रतिशत बढी अर्थात् ५ अर्ब ७१ करोड ४५ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । कम्पनीको वित्तीय खर्च करीब ९१ प्रतिशत बढी भएको छ । गत वर्ष ३ करोड ६९ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष ७ करोड ४ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो । वार्षिक प्रतिशेयर आम्दानी १९१ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ३ हजार २२४ रुपैयाँ छ । गत वर्ष यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ७६४ रुपैयाँ थियो भने प्रतिशेयर नेटवर्थ २ हजार ८६९ रुपैयाँ थियो । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

निर्धन उत्थान लघुवित्तको नाफा यस कारण घट्यो

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९४ दशमलव ५२ प्रतिशत घटेको छ । गत आवमा रू. ८० करोड २६ लाख नाफा कमाएको कम्पनीले चालू आवमा रू. ४ करोड ४० लाखमात्र नाफा कमाएको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा घटेको र निष्क्रिय कर्जा बढेकाले नाफा घटेको हो ।  गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी १० प्रतिशत र सञ्चालन नाफा ९४ दशमलव ३७ प्रतिशत घटेको हो । त्यस्तै कम्पनीको निष्क्रिय कर्जा गत आवमा ३ दशमलव ३३ प्रतिशत रहेकोमा चालू आवमा १२ दशमलव शून्य ९ प्रतिशत पुगेको छ ।  चुक्तापूूँजी रू. २ अर्ब ६१ करोड रहेको कम्पनीको जगेडामा रू. १ अर्ब ८३ करोड, रिटेन्ड अर्निङमा रू. ९ करोड २३ लाख र शेयर प्रिमियममा रू. ५ लाख १० हजार सञ्चित छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ४८ दशमलव ७६ रहेकोमा चालू आवमा रू. २ दशमलव २५ मा झरेको छ । त्यस्तै चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी अनुपात २७७ दशमलव ७८ गुणा, तरलता अनुपात १२ दशमलव ८७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १७३ दशमलव ७६ रहेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

यस कारण घट्यो आरम्भ चौतारी लघुवित्तको नाफा

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५२ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ४ करोड ३५ लाख नाफा कमाएकोमा चालू आवमा रू. २ करोड ६ लाखमा सीमित भएको छ । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २२ प्रतिशत र सञ्चालन नाफा ६६ प्रतिशत घटेको छ । चुक्तापूँजी रू. ३६ करोड  ७६ लाख रहेको कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म जगेडामा रू. १२ करोड ७६ लाख सञ्चित गरेको छ । त्यस्तै कम्पनीले रू. ३ अर्ब  ४ करोड सापटी र रू. १ अर्ब ६६ करोड निक्षेप संकलन गरेर रू. ५ अर्ब ५ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव २४ (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ७१ दशमलव ३१ गुणा, तरलता अनुपात ४ दशमलव १० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२४ दशमलव ८२ रहेको छ । रिर्पोट हेर्न यहाँ क्लिक गर्नुहोस

सिभिल लघुवित्तको नाफा ६४ प्रतिशत घट्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद नाफा ६४ प्रतिशत घटेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्म रू. ३ करोड ७५ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिसम्ममा घटेर रू. १ करोड ३३ लाखमा सीमित भएको छ ।  चालू आवमा निष्क्रिय कर्जामा वृद्धि तथा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले कम्पनीको नाफा घटेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी १० प्रतिशत र सञ्चालन नाफा ६४ प्रतिशत घटेको छ । त्यस्तै कम्पनीको निष्क्रिय कर्जा गत आवमा १ दशमलव ३३ प्रतिशत रहेकोमा चालू आवमा २ दशमलव ९३ प्रतिशत पुगेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २६ दशमलव शून्य ५ रहेकोमा चालू आवमा घटेर रू. ९ दशमलव २९ मा झरेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात १०० दशमलव ९७ गुणा, तरलता अनुपात शून्य दशलमव शून्य ४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६० दशमलव ६० रहेको छ ।  कम्पनीको चुक्तापूँजी रू. २८ करोड ८१ लाख रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीले जगेडामा रू. ८ करोड १० लाख, रिटेन्ड अर्निङमा रू. ४ करोड ३५ लाख र शेयर प्रिमियममा रू. ४ करोड ५५ लाख सञ्चित गरेको छ । कम्पनीले रू. २ अर्ब ७१ करोड सापटी र रू. १ अर्ब ७ करोड निक्षेप संकलन गरेर रू. ४ अर्ब २१ करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।

एक्सेल डेभलपमेन्ट बैंकको नाफा ५० प्रतिशत घट्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । एक्सेल डभेलपमेन्ट बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।  विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५० प्रतिशतले घटेको छ । कम्पनीले गत आवमा रू. ४ करोड ७० लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. २ करोड ३२ लाखमा सीमित भएको छ ।  चालू आवमा कम्पनीको इम्पेरमेन्ट चार्ज बढेको र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । गत आवमा कम्पनीको इम्पेरमेन्ट चार्ज रू. ४ करोड १४ लाख रहेकोमा चालू आवमा बढेर रू. ८ करोड ८५ लाख पुगेको छ । त्यस्तै कम्पनीको सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा १० प्रतिशत घटेको छ ।  नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव १७ रहेकोमा चालू आवमा रू. ३ दशमलव ७२ मा झरेको छ ।  कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २४ करोड रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा जगेडामा रू. ४६ करोड ११ लाख सञ्चित गरेको कम्पनीको रिटेन्ड अर्निङ रू. ४ करोड २० लाख ऋणात्मक रहेको छ । रू. १२ अर्ब २३ करोड निक्षेप संकलन गरेको कम्पनीले रू. १० अर्ब २२ करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।  कम्पनीको मूल्य आम्दानी अनुपात ९८ दशमलव ३१ गुणा, तरलता अनुपात २५ दशमलव ६३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३३ दशमलव २१ रहेको छ ।

प्रोभिजनका कारण यस वर्ष ३७.१९% घट्यो आरम्भ चौतारी लघुवित्तको नाफा

वैशाख १२, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ४ करोड ९२ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  सोमवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको भन्दा यस वर्ष खुद नाफा ३७ दशमलव १९ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ७ करोड ८३ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।  यस वर्ष सम्भावित जोखिम शीर्षकमा रू. २ करोड ७१ लाखभन्दा बढी रकम छुट्याएका कारण कम्पनीको सञ्चालन नाफा ४२ प्रतिशत कम भएकाले खुद नाफामा असर परेको हो ।  गत वर्ष रू. १२ करोडभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ६ करोड ९८ लाखभन्दा बढी मात्र यो नाफा गरेको छ । खराब कर्जा संकलन गत वर्षभन्दा ११९ दशमलव १० प्रतिशत बढेको छ । गत वर्ष रू. ३७ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. ८२ लाखभन्दा बढी संकलन गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ३६ करोड ७१ लाख ४३ हजार रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ५ दशमलव शून्य ९ प्रतिशत बढेर रू. १३ करोड ५ लाखभन्दा बढी कायम भएको छ ।  विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट गत वर्षभन्दा साढे ४५ प्रतिशत बढी रू. ३ अर्ब ५३ करोड ८७ लाख कर्जा सापटी लिएको कम्पनीले ४० प्रतिशत बढी रू. ५ अर्ब ४७ करोड १९ लाख कर्जा प्रवाह गरेको छ । यस वर्ष कम्पनीले गत वर्षभन्दा ३९ दशमलव ९९ प्रतिशत बढी रू. १ अर्ब ६५ करोड निक्षेप संकलन गरेको छ । निष्क्रिय कर्जा गत वर्ष ३ दशमलव ६५ प्रतिशत रहेकोमा यस वर्ष बढेर ४ दशमलव ७२ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १७ दशमलव ८७ र प्रतिशेयर नेटवर्थ रू. १३५ दशमलव ५५ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले ४ दशमलव ९२ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।

तेस्रो त्रैमाससम्ममा प्रोग्रेशिभ फाइनान्सको खुद नाफा ५५ प्रतिशत घट्यो

वैशाख ९, काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले चालू आवको तेस्रो त्रैमासीक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको  खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५५ प्रतिशत घटेको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ३ करोड ५९ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. १ करोड ६० लाखमा झरेको हो । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको सञ्चालन नाफा घटेकाले नाफा घट्न पुगेको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको सञ्चालन नाफा १० प्रतिशत घटेको छ । त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८६ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ५ करोड ४३ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १० करोड १४ लाख पुगेको हो । कम्पनीको चुक्ता पूँजी रू.८० करोड रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ६ करोड ४१ लाख, रिटेण्ड अर्निङमा रू. २ करोड ४९ लाख र शेयर प्रिमियममा रू. ७१ लाख २४ हजार सञ्चित गरेको छ । त्यसैगरी सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव शून्य १,मूल्य आम्दानी अनुपात १५५ दशमलव शून्य १ गुणा र प्रतिशेयर नेटवर्थ रू. ११२ दशलमव ०३ रहेको छ ।

पहिलो त्रैमासमा सपोर्ट लघुवित्तको खुद नाफा करीब ७० % घट्यो

कात्तिक २५, काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ  ।  उक्त अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ६९ दशमलव ९५ प्रतिशत कम भएको छ । गत वर्ष पहिलो त्रैमाससम्म रू. ४५ लाख ८२ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १३ लाख ७७ हजार मात्र यो नाफा गरेको हो । सञ्चालन नाफा गत वर्षभन्दा यस वर्ष ६९ दशमलव ९६ प्रतिशत कम रू. २ करोड १० लाखभन्दा बढी भएको छ । गत वर्ष सम्भावित जोखिम शिर्षकमा रू. ३१ लाख ११ हजार छुट्याएको कम्पनीले यस वर्ष रू. ५० लाख ३४  हजार छुट्याएको छ । खुद व्याज आम्दानी पनि गत वर्षभन्दा करीब ४ प्रतिशत कम रू. १ करोड ७१ लाख ९३ हजार भएको छ । हाल कम्पनीको चुुक्तापूँजी रू. ६ करोड ६० लाख रहेको छ भने जगेडा कोष रकम रू. ५ करोड ३६ लाख ९३ हजार छ । जगेडा कोष रकम गत वर्षभन्दा यस वर्ष १०१ दशमलव ४४ प्रतिशत बढी कायम भएको हो । कम्पनीले यस वर्ष पहिलो त्रैमाससम्म विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १० प्रतिशत बढी रू. ८५ करोड ४९ लाख ५८ हजार कर्जा सापटी लिएको छ । ९ दशमलव ४० प्रतिशत बढी अर्थात् रू. २१ करोड ३ लाख २८ हजार निक्षेप संकलन गरेको कम्पनीले ११ दशमलव ६२ प्रतिशत बढी अर्थात  रू. १ अर्ब ७ करोड २४ लाख ८ हजार कर्जा प्रवाह गरेको छ । गत वर्ष यस अवधिसम्म २ दशमलव ३६ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष ३ दशमलव ८८ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ८ दशमलव ३५ मा झरेको छ । गत वर्ष यो रकम रू. २८ दशमलव ९५ थियो । यो पनि हेर्नुस् : चौथो त्रैमासमा सपोर्ट लघुवित्तको नाफा ३.३४ गुणा बढ्यो दोस्रो त्रैमासमा सपोर्ट लघुवित्तको नाफा २.४ गुणा बढ्यो सपोर्ट लघुवित्तद्वारा शेयरधनीलाई ३१.५७ % लाभांश प्रस्ताव

राष्ट्रिय वाणिज्य बैङ्कको नाफा घट्यो, खुद नाफा ३ अर्ब ७९ करोड

नेपाल सरकारको स्वामित्व रहेको यस राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको आ.व.२०७७/७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरू प्रकाशित भएको छ । बैङ्कले यस अवधिमा रु. ३ अर्ब ७९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आ.व. को सोही अवधिमा बैङ्कको खुद मुनाफा ४ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा बैङ्कले कोभिड–१९ बाट प्रभावित ग्राहकहरूलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिएको, बैङ्कको कर्जा सापटको ब्याजदर उल्लेखनीय रूपमा घटाएको र निक्षेप तर्फ आकर्षक व्याज प्रदान गरिएको कारण ख