निर्धन उत्थान लघुवित्तको नाफा यस कारण घट्यो

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९४ दशमलव ५२ प्रतिशत घटेको छ । गत आवमा रू. ८० करोड २६ लाख नाफा कमाएको कम्पनीले चालू आवमा रू. ४ करोड ४० लाखमात्र नाफा कमाएको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा घटेको र निष्क्रिय कर्जा बढेकाले नाफा घटेको हो ।  गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी १० प्रतिशत र सञ्चालन नाफा ९४ दशमलव ३७ प्रतिशत घटेको हो । त्यस्तै कम्पनीको निष्क्रिय कर्जा गत आवमा ३ दशमलव ३३ प्रतिशत रहेकोमा चालू आवमा १२ दशमलव शून्य ९ प्रतिशत पुगेको छ ।  चुक्तापूूँजी रू. २ अर्ब ६१ करोड रहेको कम्पनीको जगेडामा रू. १ अर्ब ८३ करोड, रिटेन्ड अर्निङमा रू. ९ करोड २३ लाख र शेयर प्रिमियममा रू. ५ लाख १० हजार सञ्चित छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ४८ दशमलव ७६ रहेकोमा चालू आवमा रू. २ दशमलव २५ मा झरेको छ । त्यस्तै चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी अनुपात २७७ दशमलव ७८ गुणा, तरलता अनुपात १२ दशमलव ८७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १७३ दशमलव ७६ रहेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् 

सम्बन्धित सामग्री

निर्धन उत्थान लघुवित्तको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी, अन्य सूचक कस्तो ?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवमा ६५ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ४९ करोड ३९ लाख नाफा कमाएकोमा चालू आवमा रू. १६ करोड ८५ लाखमा झरेको छ । चालू आवमा कम्पनीको सञ्चालन नाफा घटेको छ । गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा ६५ प्रतिशत घटेको छ । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ४५ दशमलव शून्य १ रहेकोमा चालू आवमा रू. १५ दशमलव ३६ (वार्षिक) मा झरेको छ । कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १९ करोड रहेको छ । त्यस्तै कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा  जगेडामा रू. १ अर्ब ९८ करोड, रिटेन्ड अर्निङमा रू. ६१ करोड ८७ लाख र शेयर प्रिमियममा रू. ५ लाख १० हजार सञ्चित गरेको छ । रू. ५ अर्ब ६९ करोड सापटी र रू. १८ अर्ब ९४ करोड निक्षेप संकलन गरेर कम्पनीले रू. २६ अर्ब ६ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । त्यस्तै कम्पनीको वितरणयोग्य नाफा रू. १३ करोड १४ लाख रहेको छ । दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको मूल्य आम्दानी अनुपात ६६ दशमलव २८ गुणा, तरलता अनुपात १४ दशमलव ७८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २१८ दशमलव ८३ रहेको छ । वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्