काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म बोटलर्स नेपाल (बालाजु)ले १० करोड ५३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा करीब ७४ प्रतिशत कम भएको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनीले ४० करोड १४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा करीब ५१ प्रतिशत कम भएको छ । सञ्चालन नाफा घटेसँगै कम्पनीको खुद नाफा घटेको हो ।
गत वर्ष ४७ करोड ३६ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष २३ करोड २२ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ छ । जगेडा कोष रकम भने गत वर्षभन्दा १० प्रतिशत बढी अर्थात् ५ अर्ब ७१ करोड ४५ लाख रुपैयाँभन्दा बढी कायम भएको छ ।
कम्पनीको वित्तीय खर्च करीब ९१ प्रतिशत बढी भएको छ । गत वर्ष ३ करोड ६९ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष ७ करोड ४ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो । वार्षिक प्रतिशेयर आम्दानी १९१ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ३ हजार २२४ रुपैयाँ छ ।
गत वर्ष यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ७६४ रुपैयाँ थियो भने प्रतिशेयर नेटवर्थ २ हजार ८६९ रुपैयाँ थियो ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९४ दशमलव ५२ प्रतिशत घटेको छ । गत आवमा रू. ८० करोड २६ लाख नाफा कमाएको कम्पनीले चालू आवमा रू. ४ करोड ४० लाखमात्र नाफा कमाएको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा घटेको र निष्क्रिय कर्जा बढेकाले नाफा घटेको हो ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी १० प्रतिशत र सञ्चालन नाफा ९४ दशमलव ३७ प्रतिशत घटेको हो । त्यस्तै कम्पनीको निष्क्रिय कर्जा गत आवमा ३ दशमलव ३३ प्रतिशत रहेकोमा चालू आवमा १२ दशमलव शून्य ९ प्रतिशत पुगेको छ ।
चुक्तापूूँजी रू. २ अर्ब ६१ करोड रहेको कम्पनीको जगेडामा रू. १ अर्ब ८३ करोड, रिटेन्ड अर्निङमा रू. ९ करोड २३ लाख र शेयर प्रिमियममा रू. ५ लाख १० हजार सञ्चित छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ ।
गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ४८ दशमलव ७६ रहेकोमा चालू आवमा रू. २ दशमलव २५ मा झरेको छ । त्यस्तै चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी अनुपात २७७ दशमलव ७८ गुणा, तरलता अनुपात १२ दशमलव ८७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १७३ दशमलव ७६ रहेको छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५२ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ४ करोड ३५ लाख नाफा कमाएकोमा चालू आवमा रू. २ करोड ६ लाखमा सीमित भएको छ ।
चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २२ प्रतिशत र सञ्चालन नाफा ६६ प्रतिशत घटेको छ ।
चुक्तापूँजी रू. ३६ करोड ७६ लाख रहेको कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म जगेडामा रू. १२ करोड ७६ लाख सञ्चित गरेको छ । त्यस्तै कम्पनीले रू. ३ अर्ब ४ करोड सापटी र रू. १ अर्ब ६६ करोड निक्षेप संकलन गरेर रू. ५ अर्ब ५ करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव २४ (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ७१ दशमलव ३१ गुणा, तरलता अनुपात ४ दशमलव १० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२४ दशमलव ८२ रहेको छ ।
रिर्पोट हेर्न यहाँ क्लिक गर्नुहोस
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद नाफा ६४ प्रतिशत घटेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्म रू. ३ करोड ७५ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिसम्ममा घटेर रू. १ करोड ३३ लाखमा सीमित भएको छ ।
चालू आवमा निष्क्रिय कर्जामा वृद्धि तथा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले कम्पनीको नाफा घटेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी १० प्रतिशत र सञ्चालन नाफा ६४ प्रतिशत घटेको छ ।
त्यस्तै कम्पनीको निष्क्रिय कर्जा गत आवमा १ दशमलव ३३ प्रतिशत रहेकोमा चालू आवमा २ दशमलव ९३ प्रतिशत पुगेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ ।
गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २६ दशमलव शून्य ५ रहेकोमा चालू आवमा घटेर रू. ९ दशमलव २९ मा झरेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात १०० दशमलव ९७ गुणा, तरलता अनुपात शून्य दशलमव शून्य ४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६० दशमलव ६० रहेको छ ।
कम्पनीको चुक्तापूँजी रू. २८ करोड ८१ लाख रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीले जगेडामा रू. ८ करोड १० लाख, रिटेन्ड अर्निङमा रू. ४ करोड ३५ लाख र शेयर प्रिमियममा रू. ४ करोड ५५ लाख सञ्चित गरेको छ ।
कम्पनीले रू. २ अर्ब ७१ करोड सापटी र रू. १ अर्ब ७ करोड निक्षेप संकलन गरेर रू. ४ अर्ब २१ करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।
काठमाडौं । एक्सेल डभेलपमेन्ट बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५० प्रतिशतले घटेको छ । कम्पनीले गत आवमा रू. ४ करोड ७० लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. २ करोड ३२ लाखमा सीमित भएको छ ।
चालू आवमा कम्पनीको इम्पेरमेन्ट चार्ज बढेको र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । गत आवमा कम्पनीको इम्पेरमेन्ट चार्ज रू. ४ करोड १४ लाख रहेकोमा चालू आवमा बढेर रू. ८ करोड ८५ लाख पुगेको छ । त्यस्तै कम्पनीको सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा १० प्रतिशत घटेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव १७ रहेकोमा चालू आवमा रू. ३ दशमलव ७२ मा झरेको छ ।
कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २४ करोड रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा जगेडामा रू. ४६ करोड ११ लाख सञ्चित गरेको कम्पनीको रिटेन्ड अर्निङ रू. ४ करोड २० लाख ऋणात्मक रहेको छ । रू. १२ अर्ब २३ करोड निक्षेप संकलन गरेको कम्पनीले रू. १० अर्ब २२ करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।
कम्पनीको मूल्य आम्दानी अनुपात ९८ दशमलव ३१ गुणा, तरलता अनुपात २५ दशमलव ६३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३३ दशमलव २१ रहेको छ ।
वैशाख १२, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ४ करोड ९२ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
सोमवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको भन्दा यस वर्ष खुद नाफा ३७ दशमलव १९ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ७ करोड ८३ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष सम्भावित जोखिम शीर्षकमा रू. २ करोड ७१ लाखभन्दा बढी रकम छुट्याएका कारण कम्पनीको सञ्चालन नाफा ४२ प्रतिशत कम भएकाले खुद नाफामा असर परेको हो ।
गत वर्ष रू. १२ करोडभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ६ करोड ९८ लाखभन्दा बढी मात्र यो नाफा गरेको छ । खराब कर्जा संकलन गत वर्षभन्दा ११९ दशमलव १० प्रतिशत बढेको छ । गत वर्ष रू. ३७ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. ८२ लाखभन्दा बढी संकलन गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ३६ करोड ७१ लाख ४३ हजार रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ५ दशमलव शून्य ९ प्रतिशत बढेर रू. १३ करोड ५ लाखभन्दा बढी कायम भएको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट गत वर्षभन्दा साढे ४५ प्रतिशत बढी रू. ३ अर्ब ५३ करोड ८७ लाख कर्जा सापटी लिएको कम्पनीले ४० प्रतिशत बढी रू. ५ अर्ब ४७ करोड १९ लाख कर्जा प्रवाह गरेको छ ।
यस वर्ष कम्पनीले गत वर्षभन्दा ३९ दशमलव ९९ प्रतिशत बढी रू. १ अर्ब ६५ करोड निक्षेप संकलन गरेको छ । निष्क्रिय कर्जा गत वर्ष ३ दशमलव ६५ प्रतिशत रहेकोमा यस वर्ष बढेर ४ दशमलव ७२ प्रतिशत पुगेको छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १७ दशमलव ८७ र प्रतिशेयर नेटवर्थ रू. १३५ दशमलव ५५ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले ४ दशमलव ९२ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।
वैशाख ९, काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले चालू आवको तेस्रो त्रैमासीक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५५ प्रतिशत घटेको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ३ करोड ५९ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. १ करोड ६० लाखमा झरेको हो ।
चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको सञ्चालन नाफा घटेकाले नाफा घट्न पुगेको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको सञ्चालन नाफा १० प्रतिशत घटेको छ । त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८६ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ५ करोड ४३ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १० करोड १४ लाख पुगेको हो । कम्पनीको चुक्ता पूँजी रू.८० करोड रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ६ करोड ४१ लाख, रिटेण्ड अर्निङमा रू. २ करोड ४९ लाख र शेयर प्रिमियममा रू. ७१ लाख २४ हजार सञ्चित गरेको छ ।
त्यसैगरी सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव शून्य १,मूल्य आम्दानी अनुपात १५५ दशमलव शून्य १ गुणा र प्रतिशेयर नेटवर्थ रू. ११२ दशलमव ०३ रहेको छ ।
कात्तिक २५, काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।
उक्त अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ६९ दशमलव ९५ प्रतिशत कम भएको छ । गत वर्ष पहिलो त्रैमाससम्म रू. ४५ लाख ८२ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १३ लाख ७७ हजार मात्र यो नाफा गरेको हो ।
सञ्चालन नाफा गत वर्षभन्दा यस वर्ष ६९ दशमलव ९६ प्रतिशत कम रू. २ करोड १० लाखभन्दा बढी भएको छ । गत वर्ष सम्भावित जोखिम शिर्षकमा रू. ३१ लाख ११ हजार छुट्याएको कम्पनीले यस वर्ष रू. ५० लाख ३४ हजार छुट्याएको छ ।
खुद व्याज आम्दानी पनि गत वर्षभन्दा करीब ४ प्रतिशत कम रू. १ करोड ७१ लाख ९३ हजार भएको छ । हाल कम्पनीको चुुक्तापूँजी रू. ६ करोड ६० लाख रहेको छ भने जगेडा कोष रकम रू. ५ करोड ३६ लाख ९३ हजार छ । जगेडा कोष रकम गत वर्षभन्दा यस वर्ष १०१ दशमलव ४४ प्रतिशत बढी कायम भएको हो ।
कम्पनीले यस वर्ष पहिलो त्रैमाससम्म विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १० प्रतिशत बढी रू. ८५ करोड ४९ लाख ५८ हजार कर्जा सापटी लिएको छ । ९ दशमलव ४० प्रतिशत बढी अर्थात् रू. २१ करोड ३ लाख २८ हजार निक्षेप संकलन गरेको कम्पनीले ११ दशमलव ६२ प्रतिशत बढी अर्थात रू. १ अर्ब ७ करोड २४ लाख ८ हजार कर्जा प्रवाह गरेको छ ।
गत वर्ष यस अवधिसम्म २ दशमलव ३६ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष ३ दशमलव ८८ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ८ दशमलव ३५ मा झरेको छ । गत वर्ष यो रकम रू. २८ दशमलव ९५ थियो ।
यो पनि हेर्नुस् :
चौथो त्रैमासमा सपोर्ट लघुवित्तको नाफा ३.३४ गुणा बढ्यो
दोस्रो त्रैमासमा सपोर्ट लघुवित्तको नाफा २.४ गुणा बढ्यो
सपोर्ट लघुवित्तद्वारा शेयरधनीलाई ३१.५७ % लाभांश प्रस्ताव
नेपाल सरकारको स्वामित्व रहेको यस राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको आ.व.२०७७/७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरू प्रकाशित भएको छ । बैङ्कले यस अवधिमा रु. ३ अर्ब ७९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आ.व. को सोही अवधिमा बैङ्कको खुद मुनाफा ४ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा बैङ्कले कोभिड–१९ बाट प्रभावित ग्राहकहरूलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिएको, बैङ्कको कर्जा सापटको ब्याजदर उल्लेखनीय रूपमा घटाएको र निक्षेप तर्फ आकर्षक व्याज प्रदान गरिएको कारण ख