वैशाख ९, काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले चालू आवको तेस्रो त्रैमासीक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५५ प्रतिशत घटेको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ३ करोड ५९ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. १ करोड ६० लाखमा झरेको हो ।
चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको सञ्चालन नाफा घटेकाले नाफा घट्न पुगेको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको सञ्चालन नाफा १० प्रतिशत घटेको छ । त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८६ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ५ करोड ४३ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १० करोड १४ लाख पुगेको हो । कम्पनीको चुक्ता पूँजी रू.८० करोड रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ६ करोड ४१ लाख, रिटेण्ड अर्निङमा रू. २ करोड ४९ लाख र शेयर प्रिमियममा रू. ७१ लाख २४ हजार सञ्चित गरेको छ ।
त्यसैगरी सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव शून्य १,मूल्य आम्दानी अनुपात १५५ दशमलव शून्य १ गुणा र प्रतिशेयर नेटवर्थ रू. ११२ दशलमव ०३ रहेको छ ।