विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकाले कोरोना संक्रमितको उपचार गर्न अस्पताल सञ्चालन गरेको छ ।
गाउँपालिकाले अक्सिजन, चिकित्सक र औषधि सेवासहितको अस्थायी कोरोना अस्पताल सञ्चालन गरेको हो । ठूला अस्पतालमा समेत बेड पाइन छाडेपछि १० बेडको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले जानकारी दिए । “बाँसबारी भन्ने ठाउँमा हामीले...