उद्योग संगठन मारङले पछिल्ला केही दिनयता निजी क्षेत्रविरुद्ध अनर्गल प्रचर भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।संगठनले विज्ञप्ति जारी गरेर नारायणहिटी दरबार संग्रहालय क्याफेटेरिया भाडा प्रकरणका सम्बन्धमा बतास अर्गनाइजेशनविरुद्ध विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जालमा आएका समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।सरकारी निकायले कानुनअनुसार आह्वान गरेको टेण्डर प्रक्रियमा सहभागी भएर आफ्नो व्यवसाय विस्तार गरेको बतासविरुद्ध […]