कोरोनाबाट ज्यान गुमाएका माङ्सेबुङका ६ परिवारलाई ३५ हजार राहत

इलाम  : जिल्लाको माङसेबुङ गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई ३५ हजारका दरले राहत उपलब्ध गराएको छ। गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको नेतृत्वमा कर्मचारीको समूहले मृतकको घरघरमा पुगेर परिवारलाई राहत उपलब्ध गराएको हो।गाउँपालिकाले कोरोनाबाट हालसम्म सदस्य गुमाएका ६ जनाको परिवारलाई राहत उपलब्ध गराएको छ। मृतकका परिवारलाई अध्यक्ष इदिङ्गोले प्रतिपरिवार ३५ हजारका दरले २ लाख १० हजार रुपैयाँ उपलब्ध गराएको हो।कोरोनाबाट ज्यान गुमाएका माङसेबुङ ३ का बलकबहादुर लावती र कृष्णबहादुर लिम्

सम्बन्धित सामग्री

कोरोनाबाट मृत्यु भएका परिवारले पाए राहत

जाजरकोट । जाजरकोटमा कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका परिवारकालाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासान कार्यालय जाजरकोटले कोभिडबाट ज्यान गुमाएका मृतकका परिवारलाई राहात वितरण गरेको हो । सरकारले कोरोना भाइरसका कारण मृत्यु भएकाका परिवारलाई दिने भनेको राहत रकम जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्राप्त […]

कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार दिइने

कोभिड–१९ बाट अस्पतालमा मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप रु ५० हजार उपलब्ध गराइने भएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको कार्यक्रममार्फत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई सो राहत उपलब्ध गराइने भएको हो । स्वास्थ्य कार्यालय नवलपुरले जिल्लाका आठवटै स्थानीय तहलाई पत्राचार गर्दै कोरोनाबाट ज्यान गुमाउनेको तथ्याङ्कसमेत मागेको छ । कार्यालय प्रमुख केशव चापागाईँका अनुसार पीडित पर

प्युठान नगरपालिकामा कोरोनाबाट आफन्त गुमाएका परिवारलाई ३५ हजारका दरले राहत

प्युठान नगरपालिकाले कोरोनाबाट ज्यान गुमाउनेका परिवारलाई नगद राहत उपलब्ध गराएको छ । मेयर–उपमेयरसहितको टोली मृतकका घरघर पुगेर प्रतिपरिवार ३५ हजार रुपैयाँका दरले उपलब्ध गराएको हो ।

कर्णालीमा कोभिडबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई १ लाखका दरले रकम दिन सुरु

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई एक लाखका दरले राहत स्वरूप प्रदान गर्न थालिएको छ । पहिलो चरणमा एक सय ३२ जनालाई राहत स्वरूप रकम वितरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।कर्णाली प्रदेशमा हाल सम्म कोरोना सङ्क्रमित मध्ये ३ सय ४२ जनाको मृत्यु भइसकेको छ । यसअघि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले नै कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत स्वरूप एक लाख रकम उपलब्ध गराउने निर्णय गरेको थियो । जस अन्तर्गत पहिलो चरणमा सुर्खेत, दैलेख, स

कर्णाली प्रदेश सरकारद्वारा कोरोना व्यवस्थापनका लागि साढे ५३ करोड विनियोजन

असार ५, सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि साढे ५३ करोड बढी रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा कोरोना रोकथाम तथा नियन्त्रणका लागि ५३ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको शुक्रवार सुर्खेतको वीरेन्द्रनगरमा आर्थिक मामिला तथा योजना मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।  पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आर्थिक वर्ष २०७७/०७८ को बजेट स्वास्थ्य शिक्षा, उत्पादन र पूर्वाधारमा केन्द्रित रहेको बताए । उनले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक लाख राहत उपलब्ध गराईने जनाए ।  ‘हामीले राकम कर्णालीमा ट्रमा सेन्टर स्थापनादेखि प्रदेश राजधानी सुर्खेतमा उच्च क्षमताको अक्सिजन प्लान्टसँगै अन्य जिल्लामा मिनी अक्सिजन प्लान्ट स्थापना गरिँदैछ,’ उनले भने, ‘कोराना महामारी नियन्त्रणमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई तलबको शतप्रतिशत जोखिम भत्ता, सबै नागरिकलाई कोरानाविरुद्धको खोप लगाउने लगायतका योजनाहरु बजेटमा समावेश छन् ।’  उनले प्रदेशका मुख्य नाका सल्यानको कपुरकोट र सुर्खेतको बबईमा सेन्सरसहितको हेल्थडेस्क राखिने जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षको तुलनामा करिब ३ अर्ब बढीको बजेट प्रदेश सरकारले ल्याएको छ । उनले कोभिड–१९ लगायत महामारीबाट कर्णालीलाई सुरक्षित राख्न अत्यावश्यक औषधी, स्वास्थ्य सामग्री एवम् उपकरणको उपलब्धता, अत्यावश्यक खाद्यान्नको भण्डारण, खाद्य सुरक्षा, रोजगारी सिर्जनालाई बजेटको प्राथमिकतामा दिएको बताए । उनका अनुसार बजेटमा प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा, प्रत्येक सामुदायिक विद्यालयमा नर्सिङ सेवा, एक स्थानीय तह एक नमूना विद्यालय, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना, बैंक, खाता छोरीको सुरक्षा जीवन भरीको, प्रत्येक घरमा स्वरोजगार बनाउन अनुदान, ३०० कृषि प्राविधिकलाई स्वरोजगार, उत्कष्ट किसानलाई सुनको हलो अंकित तक्माले सम्मान गर्ने कार्यक्रमहरु समावेश गरिएका छन् ।  प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको छ । पूँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार, चालूतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार र वित्तियतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार रुपैयाँ बजेट विनियोजना गरेको उनले जानकारी दिए ।

कोरोनाबाट मृत्यु भएकाका परिवारलाई ठाकुरबाबा नगरको २० हजार राहत

बर्दिया : जिल्लाको ठाकुरबाबा नगरपालिकाले कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई २० हजार रुपैयाँ राहत दिने भएको छ। नगरपालिकाभित्र बसोबास गर्ने व्यक्तिका परिवारमध्ये कसैको कोरोनाका कारण ज्यान गएमा राहतस्वरूप २० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए।ठाकुरबाबा नगरपालिका क्राइसिस म्यानेजम्यान्ट समितिको बैठकले यस्तो निर्णय गरेको हो। यस्तै, ठाकुरबाबा नगरपालिकामा ६२,६३ र ६४ वर्ष उमेर समूहका व्यत्तिहरुलाई जेठ २७ गते (बिहीबार) कोरोना

सहिदभूमीको निर्णय– कोरोनाबाट मृत्यु भए २० हजार राहत

धनकुटा। सहिदभूमि गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई २० हजार रुपैयाँ र संक्रमितको उपचारको लागि निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष मनोज राईले बताए। करिब ४ हजार घरलाई कोरोना संक्रमणबाट जोगिन मास्क,स्यानिटाइजर र साबुन वितरण गरेको छ। जनप्रतिनिधि र कर्मचारीले सबैघरमा पुगेर ती सामग्री वितरण गरेका हुन्। यसैगरी बिरामीलाई औषधि वितरण गर्ने कार्य निरन्तर रहेको बताइएको छ।

संक्रमित पत्रकारको नि:शुल्क उपचार र राहतको व्यवस्था गर्न फोनिजको माग

काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले कोरोना संक्रमित पत्रकारको उपचार नि:शुल्क गर्न सरकारसँग माग गरेको छ। फोनिजले बुधबार एक विज्ञप्ति जारी गर्दै ज्यान गुमाएका पत्रकारको परिवारलाई राहत व्यवस्था गर्न माग गरेको हो।‘महामारीको चुनौतीपूर्ण अवस्थामा समेत कर्तव्य पालनामा रहेका पत्रकार कोरोना संक्रमणपछि उपचाररत छन्, ’विज्ञप्तिमा भनिएको छ, ‘संक्रमित पत्रकारको उपचारको निःशुल्क व्यवस्था मिलाउन र कोरोनाबाट ज्यान गुमाएका पत्रकारको परिवारलाई राहतको व्यवस्था गर्न