कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई नगद राहत दिन भारतको सर्वोच्च अदालतको आदेश

काठमाण्डाै – भारतको सर्वाेच्च अदालतले बुधवार एक महत्त्वपूर्ण फैसला सुनाउँदै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई नगद राहत दिन केन्द्र सरकारलाई निर्देशन दिएको छ । यद्यपि क्षतिपूर्तिको रकम कति दिने भनेर सरकार आफैँले तय गर्नुपर्नेछ ।  न्यायाधीश अशोक भूषणसहितको तीन सदस्यीय इजलासले राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) लाई आउँदो ६ हप्तासम्म राहत रकमको टुङ्गो लगाउन आदेश दिएको हो ।  वकिल गौरव बंसल र रीपक कंसलको रिटमाथि सुनुवाइपछि सर्वाेच्च अदालतले यो आदेश दिएको हो । यी दुई वकिलले ...