कोभिड–१९ बाट अस्पतालमा मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप रु ५० हजार उपलब्ध गराइने भएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको कार्यक्रममार्फत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई सो राहत उपलब्ध गराइने भएको हो । स्वास्थ्य कार्यालय नवलपुरले जिल्लाका आठवटै स्थानीय तहलाई पत्राचार गर्दै कोरोनाबाट ज्यान गुमाउनेको तथ्याङ्कसमेत मागेको छ । कार्यालय प्रमुख केशव चापागाईँका अनुसार पीडित पर