संक्रमित पत्रकारको नि:शुल्क उपचार र राहतको व्यवस्था गर्न फोनिजको माग

काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले कोरोना संक्रमित पत्रकारको उपचार नि:शुल्क गर्न सरकारसँग माग गरेको छ। फोनिजले बुधबार एक विज्ञप्ति जारी गर्दै ज्यान गुमाएका पत्रकारको परिवारलाई राहत व्यवस्था गर्न माग गरेको हो।‘महामारीको चुनौतीपूर्ण अवस्थामा समेत कर्तव्य पालनामा रहेका पत्रकार कोरोना संक्रमणपछि उपचाररत छन्, ’विज्ञप्तिमा भनिएको छ, ‘संक्रमित पत्रकारको उपचारको निःशुल्क व्यवस्था मिलाउन र कोरोनाबाट ज्यान गुमाएका पत्रकारको परिवारलाई राहतको व्यवस्था गर्न