बर्दिया : जिल्लाको ठाकुरबाबा नगरपालिकाले कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई २० हजार रुपैयाँ राहत दिने भएको छ। नगरपालिकाभित्र बसोबास गर्ने व्यक्तिका परिवारमध्ये कसैको कोरोनाका कारण ज्यान गएमा राहतस्वरूप २० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए।ठाकुरबाबा नगरपालिका क्राइसिस म्यानेजम्यान्ट समितिको बैठकले यस्तो निर्णय गरेको हो। यस्तै, ठाकुरबाबा नगरपालिकामा ६२,६३ र ६४ वर्ष उमेर समूहका व्यत्तिहरुलाई जेठ २७ गते (बिहीबार) कोरोना