दाङ : दाङमा क्रियाशिल राजनीतिक दलहरुले कोरोना संक्रमितको उपचारलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्।सोमबार घोराहीमा बसेको क्रियाशिल राजजीतिक दलहरुको संयुक्त बैठकले यस्तो अनुरोध गरेको हो। कोरोना महामारीको प्रभाव दिनानुदिन बढिरहेको अवस्थामा जनतालाई प्रभावकारी रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन दलहरुले आग्रह गरेका छन्।बैठक पछि पाँच राजनीतिक दलले संयुक्तरुपमा विज्ञप्ति जारी गरी जिल्लाका सबै पालिकाहरुमा अक्सिजन सहितका आइसोलेशन बेडहरुको व्यवस्था गर्न अनुरोध गरेका छन्।यस्तै पिसिआर परीक्षणको लागि स