गड्डाचौकी नाकालाई  सहज बनाउन माग

कोरोनाको दोस्रो लहरका बेला बन्द गरिएको नेपाल–भारत सीमानाकामा भारतीयलाई आवागमनमा अझै सहज गरिएको छैन । केही दिनअघि मात्रै सरकारले नेपाल–भारत सीमानाका खुल्ला गर्ने निर्णय गरेको थियो तर कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल आउने भारतीयलाई सहज भने गरिएको छैन् । नेपाली दैनिक मजदुरीका लागि भारत जाँदा परिचय खुल्ने कागजात हेरेर जान दिइरहेको छ । नेपाल आउने भारतीयलाई भने आधार कार्ड र पछिल्लो ७२ घण्टामा कोरोना परीक्षण गरेको रिपोर्ट देखाएमात्रै आउन दिइएको इलाका प्रहरी कार्यालय गड्डा चौकीका प्रह

सम्बन्धित सामग्री

गड्डाचौकी नाकालाई सहज बनाउन माग

कञ्चनपुर । कोरोनाको दोस्रो लहरका बेला बन्द गरिएको नेपाल–भारत सीमा नाकामा भारतीयलाई आवागमनमा अझै सहज गरिएको छैन । केही दिनअघि मात्रै सरकारले नेपाल–भारत सीमानाका खुला गर्ने निर्णय गरेको थियो तर कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल आउने भारतीयलाई सहज भने गरिएको छैन । नेपाली दैनिक मजदूरीका लागि भारत जाँदा परिचय खुल्ने कागजात हेरेर जान दिइरहेको छ । नेपाल आउने भारतीयलाई भने आधार कार्ड र पछिल्लो ७२ घण्टामा कोरोना परीक्षण गरेको रिपोर्ट देखाएमात्रै आउन दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले जानकारी दिए । ‘माथिबाट आएको परिपत्रअनुसार आधार कार्ड र पीसीआर रिपोर्ट हेरेर मात्रै भारतीयलाई आउन दिइन्छ,’ उनले भने, ‘पूर्णरूपमा अझै सहज भइसकेको छैन ।’ भारतीय सवारीसाधन भने अझै आउन रोक लगाइएको उनले बताए । यहाँ भारतीय महेन्द्रनगर बजार क्षेत्रमा व्यापारिक कारोबार, घुम्न र धार्मिक भ्रमणका लागि बढी मात्रामा आउने गरेका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले व्यावसायिक हिसाबले नाका सहज बनाउनुपर्ने बताए । ‘नाकालाई स्थानीय बजारलाई निर्बाध रूपमा खुलाउनुपर्छ,’ उनले भने, ‘स्वास्थ्य परीक्षण अब कोरोनाका कारणले गर्न आवश्यक देखिँदैन ।’ पछिल्लो समय चाडपर्व नजिकिएसँगै विभिन्न भारतीय सहर स्वदेश फर्किने क्रम बढेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीले पछिल्लो केही दिनयता नाकाबाट दैनिक पाँच÷छ सय नेपाली घर फर्किरहेको बताएको छ । रासस

गड्डाचौकी नाकालाई सहज बनाउन माग

कोरोनाको दोस्रो लहरका बेला बन्द गरिएको नेपाल–भारत सीमानाकामा भारतीयलाई आवागमनमा अझै सहज गरिएको छैन ।