शिखर इन्स्योरेन्सको हकप्रद शेयरमा बिहीवारसम्म कायम शेयरधनीले आवेदन दिन पाउने

माघ १९, काठमाडौ । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा बिहीवारसम्म कायम शेयरधनीले आवेदन गर्न पाउने छन् ।  कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि माघ २१ गते बुक क्लोज गरेसँगै माघ २० गते बिहीवारसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउने भएका हुन् । कम्पनीले ३० प्रतिशत अर्थात् १ अनुपात शून्य दशमलव ३ अनुपातमा रू. १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।   

सम्बन्धित सामग्री

लाइफ इन्स्योरेन्सको हकप्रद सेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई

लाइफ इन्स्योरेन्सको हकप्रद सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त भएको छ।...

मर्जरमा जाने प्रभु इन्स्योरेन्सको निर्णय

प्रभु इन्स्योरेन्सले भविष्यमा कुनै निर्जीवन बिमा कम्पनीहरूसँग एक आपसमा गाभ्ने–गाभिने तथा प्राप्ति गर्न सकिने निर्णय गरेको छ । इन्स्योरेन्सको बुधबार सम्पन्न विशेष साधारण सभाले सो निर्णय गरेको हो ।साधारणसभाले कम्पनीको चुक्ता पुँजीवृद्धिका लागि भविष्यमा कुनै निर्जीवन बिमा कम्पनीहरूसँग एक आपसमा गाभ्ने–गाभिने तथा प्राप्ति गर्न सक्ने तथा आवश्यकता अनुसार हकप्रद सेयर जारी गरी चुक्ता पुँजी वृद्धि […]

शिखर इन्स्योरेन्सको अवितरित हकप्रद शेयर बाँडफाँट

जेठ १०, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले विक्री गरेकोे अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले ७७ हजार ७२० दशमलव ८८ कित्ता अवितरित हकप्रद शेयर विक्रीका लागि वैशाख १९ गतेदेखि वैशाख २७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र माग गरेको थियो ।  तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ ५ गते निष्कासन कर्ता कम्पनी र विक्री प्रबन्धकका प्रतिनिधिहरुको रोहवरमा खोली जेठ ९ गते प्रचलित कानून बमोजिम बाँडफाँट गरिएको हो ।  प्रतिकित्ता रू. १०० तोकिएको उक्त हकप्रद शेयर बाँडफाँटको अन्तिम मूल्य रू. ९३६ रहेको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।  कम्पनीले यस अघि चैत १ गतेदेखि २१ गतेसम्म ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारणतर्फको उक्त शेयर लिलामी प्रकृयाबाट विक्री गरेको हो ।  कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७५ करोडको आधारमा १:०.३ अनुपातमा रू. १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री गरेको हो । अवितरित बाँकी हकप्रद शेयर विक्री तथा बाँडफाँट पश्चात यो पूँजी रू. २ अर्ब २८ करोड पुगेको छ ।  बाँडफाँटमा नपरेको शेयर वापतको रकम जेठ १६ गतेदेखि आवेदकहरुले उल्लेख गरेको बैंक खातामै रकमान्तर गरिने जानकारी समेत विक्री प्रबन्धकले गराएको छ ।

शिखर इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँट

वैशाख ७, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर वैशाख ५ गते बाँडफाँट भएको छ । कम्पनीले गत माघ २० गतेसम्मका कायम शेयरधनीहरुका लागि चैत १ गतेदेखि चैत २१ गतेसम्म प्रतिशेयर रू. १०० अंकित मूल्यमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो ।  सो मध्ये रितपूर्वक आवेदन दिने २७ हजार ७१० जना शेयरधनीलाई ५१ लाख ९७ हजार ८५१ दशमलव १२ कित्ता शेयर बाँडफाँट गरेको हो ।  कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७५ करोडको आधारमा ३० प्रतिशत अर्थात् १ बराबर शून्य दशमलव ३ अनुपातमा उक्त हकप्रद शेयर विक्री गरेको हो । कम्पनीको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

शिखर इन्स्योरेन्सको हकप्रद करीब ३५ % मात्र बिक्यो

चैत २१, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर करीब ३५ प्रतिशत मात्र विकेको छ । कम्पनीले चैत १ गतेदेखि २१ गतेसम्म १:०.३ को अनुपातमा रू. १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।  अन्तिम दिन चैत २१ गतेसम्म २६ हजार ६१२ जना सदस्यहरुबाट १८ लाख ३६ हजार ८३४ कित्ता हकप्रद खरीद माग भएको जानकारी सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि माघ २१ गते बुक क्लोज गरेको थियो । यस आधारमा माघ २० गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रद शेयर भर्न पाउने व्यवस्था थियो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ ।  यो हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी रू. २ अर्ब २८ करोड पुग्नेछ । कम्पनीले सार्वजनिक निष्कासनमा विक्री हुन नसकेको शेयर लिलामी प्रकृयाबाट विक्री गर्नेछ ।  कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले पनि बीमा समितिको निर्देशन बमोजिम आगामी एक वर्षभित्र रू. २ अर्ब ५० करोड पूँजी कायम गर्नु पर्नेछ ।

शिखर इन्स्योरेन्सको हकप्रद आजदेखि बिक्रि खुला

शिखर इन्स्योरेन्सले आज चैत्र १ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । कम्पनीले १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने  ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि माघ २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  यस हिसाबमा माघ २० गते कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् ।कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । लगानीकर्ताले चैत्र २१ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने छन् । कम्पनीले जेठ २५ गते हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले माघ ६ गते स्वीकृति प्रदान गरेको हो।

आजदेखि आईएमई जनरल इन्स्योरेन्सको ४५ लाख कित्ता हकप्रद सेयर बिक्री खुल्ला

आईएमई जनरल इन्स्योरेन्सले आइतबारदेखि ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद (राइट) सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले फागुन २२ गतेदेखि चैत १३ गतेसम्मका लागि कुल पुँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीको हाल १ अर्ब १५ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । यो हकप्रद बिक्रीपछि पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । उक्त हकप्रद सेयरका लागि कम्पनीले फागुन १ गते बुक क्लोज गरिसकेको छ । इच्छुक सेयरधनीहरूले इन्स्योरेन्सको हकप्रद सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आवेदन भने

शिखर इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

शिखर इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज माघ २० गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि माघ २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज माघ २० गते कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् ।  कम्पनीले  १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने  ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले जेठ २५ गते हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले माघ ६ गते स्वीकृति प्रदान गरेको हो। कम्पनीले हकप्रद निष्काशन गर्ने मिति तय गर्न बाँकि छ  ।

अजोड इन्स्योरेन्सको साधारणसभा वैशाखमा, ५० प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव

अजोड इन्स्योरेन्सले बार्षिक साधारण सभा ७ वैशाख मा गर्ने भएको छ । साधारणसभाबाट इन्योरेन्सले ५० प्रतिशत हकप्रद शेयर प्रस्ताव सभाबाट पारित गर्ने समेत जनाएको  हो