आईएमई जनरल इन्स्योरेन्सले आइतबारदेखि ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद (राइट) सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले फागुन २२ गतेदेखि चैत १३ गतेसम्मका लागि कुल पुँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीको हाल १ अर्ब १५ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । यो हकप्रद बिक्रीपछि पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । उक्त हकप्रद सेयरका लागि कम्पनीले फागुन १ गते बुक क्लोज गरिसकेको छ । इच्छुक सेयरधनीहरूले इन्स्योरेन्सको हकप्रद सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आवेदन भने