शिखर इन्स्योरेन्सको हकप्रद आजदेखि बिक्रि खुला

शिखर इन्स्योरेन्सले आज चैत्र १ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । कम्पनीले १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने  ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि माघ २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  यस हिसाबमा माघ २० गते कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् ।कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । लगानीकर्ताले चैत्र २१ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने छन् । कम्पनीले जेठ २५ गते हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले माघ ६ गते स्वीकृति प्रदान गरेको हो। 

सम्बन्धित सामग्री

आईएमई जनरल इन्स्योरेन्सको हकप्रद आजदेखि बिक्रि खुला

आईएमई जनरल इन्स्योरेन्स IME General Insurance  ले आज फागुन २२ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ। कम्पनीले १०:४ को अनुपातमा ४० प्रतिशत हकप्रद निष्काशन गरेको हो। कम्पनीले ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले हकप्रद निष्काशनको लागि फागुन १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा माघ २८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । लगानीकर्ताले चैत्र १३ गतेसम्म आवेदन दिन सक्ने छन्।कम्पनीले  भदौ १७ गते हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले माघ ६ गते अनुमति प्रदान गरेको थियो । हकप्रद शेयर निष्काशनको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।