भदौ ४, काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले आज (शुक्रवार) देखि मेगा म्युचुअल फण्ड–१ को इकाई विक्री खुला गर्ने भएको छ ।
क्यापिटलकै व्यवस्थापनमा सञ्चालन हुने यस फण्डको प्रतिइकाई रू. १० अंकित मूल्यका रू. १ अर्ब बराबरको १० करोड इकाई विक्री गर्न लागेको हो ।
कुल इकाई मध्येबाट पनि १५ प्रतिशत वा एक करोड ५० लाख इकाई काष प्रवर्द्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागिएको हो । यस इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि एक करोडसम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ ।
यो इकाई छिटोमा भदौ १० गतेसम्म विक्रीमा रहनेछ । उक्त अवधिसम्म माग बमोजिम आवेदन परेको खण्डमा भने ढिलोमा भदौ १८ गतेसम्मको मिति तय गरिएको हो ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो फण्डको इकाई खरीदका लागि लगानीकर्ताहरुले विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्ससँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
साथै मेरो शेयर वेब र मेरो शेयर एपबाट पनि यस इकाई खरीदका लागि आवेदन दिन सकिने व्यवस्था छ ।