गण्डकी, १ साउन । पोखरा महानगरपालिकाले पोखरा महानगरपालिका–२१ का सुन्तला उत्पादक किसानलाई सुन्तला बगैँचा व्यवस्थापन अभियानअन्तर्गतको प्रोत्साहन रकम हस्तान्तरण गरेको छ । वडाभित्र सुन्तला उत्पादन गरिरहेका कृषकको बगैँचा व्यवस्थापनअन्तर्गत प्रतिबोट एक सयका दरले कूल २५ लाख ५० हजार हस्तान्तरण गरिएको हो । ‘सिक्टस ग्रिनिङ’लगायतका ‘भाइरस’ एवं रोगका कारण विभिन्न स्थानमा सुन्तलाखेती सङ्कटग्रस्त बन्दै गएका अवस्थामा […]