गुराँस लाइफ इन्स्योरेन्स पोखराले २१, लाख दुई हजार रुपैयाँ बीमित परिवारलाई हस्तान्तरण गरेको छ । २०७८ साल भदौ ३० गते रु २० लाख बीमाङ्कको जीवन बिमा गरेका पर्वतका यमप्रसाद गुरुङको उपचारका क्रममा निधन भएपछि कम्पनीले उनकी धर्मपत्नी मोतिमाया गुरुङलाई रकम हस्तान्तरण गरेको हो । कम्पनीका क्षेत्रीय प्रमुख हरि शर्मा पौडेल एवं बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्यामप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् ।