काठमाडाैं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा उद्यमीका जायज सुझावहरुलाई बजेट मार्फत कार्यान्वयनमा लैजाने बताएका छन्। आगामी बजेटको सन्दर्भमा युवा उद्यमीहरुसँग सुझाव लिन काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले युवा उद्यमीका सम्भव र जायज सुझावहरुलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाए। के माग सम्भव र के जायज हुन भन्ने कुरा बजेटको पूर्वसन्ध्यामा रहेको अर्थमन्त्रीले बोल्न नमिल्ने पनि बताए। छलफलमा युवा उद्यमीहरुले राखेको सुझावमा धेरै महत्वपूर्ण विषयहरु रहेकाे भन्न