युवा संघद्वारा अर्थमन्त्रीको तस्बिर फर्सीमा पोतेर प्रदर्शन

राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध सांकेतिक सडक प्रदर्शन गरेको छ।

सम्बन्धित सामग्री

भष्ट्राचार विरुद्ध युवा संघको प्रदर्शन (फोटोफिचर)

नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले भष्ट्राचार विरुद्ध प्रदर्शन गरेको छ।

राष्ट्रपतिको समर्थन गर्दै युवा संघ सडकमा

५ असोज, काठमाडौं । नेकपा एमाले निकट युवाहरुको संगठन युवा संघ नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ । युवासंघले बानेश्वर-माइतीखर सडकखण्डमा प्रदर्शन गरेको हो । प्रदर्शनपछिको सभामा सम्बोधन गर्दै एमाले नेता महेश बस्नेतसहित युवा संघका नेताहरुले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर देश जोगाएको दाबी गरे । संसदले दोश्रो पटक पारित गरेर पठाएको […]

मसाल जुलुस निकालेपछि युवा संघ र प्रहरीबीच बानेश्वरमा झडप, सरकारी गाडी तोडफोड

काठमाडौं : राष्ट्रिय युवा संघ नेपालले बढ्दो इन्धनको मुल्य र अर्थमन्त्री जनार्दन शर्माको विरोधमा प्रदर्शन गरेको छ। काठमाडौंको बानेश्वरमा उनीहरुले मसाल जुलुस निकालेर प्रदर्शन गरेका हुन्।    नेकपा एमालेको भातृ संगठन युवा संघले मसाल जलाएर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको थियो। प्रदर्शनकारीहरुले मसाललाई घरघरमा फ्याँकेका थिए। …

रासायनिक मल माग्दै युवा संघ हलो लिएर प्रदर्शनमा

७ असार,  दाङ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले रासायनिक मलको अभाव र पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ । राष्ट्रिय युवा संघ घोराही उपमहानगरपालिका कमिटीले हलो र जुवाको प्रदर्शन गर्दै रासायनिक मल अभावको विरुद्धमा घोराहीमा विरोध प्रदर्शन गरेको हो । विरोधसभामा नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकीले किसानलाई समयमै मल उपलब्ध […]

एमाले निकट युवा संघले सत्ता गठबन्धन र सभामुखविरुद्ध विरोध प्रदर्शन गर्दै

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले मंगलवार नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्ने भएको छ ।  गठबन्धनले देशविरोधी षड्यन्त्र गरेको र सभामुखको असंवैधानिक कदम भन्दै विरोध प्रदर्शन गर्ने भएको हो ।  विरोध प्रदर्शन दिउँसो २ बजे हुने युवा संघ अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

माधव नेपालको विरोधमा बाँदरको भेष धारण गरी सडकमा निस्कियो युवा संघ

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले बाँदरको मुकुण्डो लगाएर बानेश्वरमा प्रदर्शन गरेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल तथा सत्तारुढ दलका नेताहरूको विरोधमा युवा संघले प्रदर्शन गरेको हो । 'पछिल्लो समय नेपाली राजनीति र नेकपा एमालेमा केही-केहीले देखाएको बाँदरे प्रवृत्तिविरुद्ध व्यंग्यात्मक बाँदरे जुलुस,' युवा संघका अध्यक्ष किरण पौडेलले शेयर गरेको फेसबूक बोटमा क्षितिज थेबेले लेखेका छन् । तस्वीरमा बाँदरको भेष धारण गरी सडकमा बसेको देख्न सकिन्छ ।

विपक्षी गठबन्धनविरुद्ध युवा संघ सडकमा

काठमाडौं। विपक्षी गठबन्धनविरुद्ध सत्तासीन नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल सडकमा उत्रिएको छ। संघले आइतबार काठमाडौंमा सडक प्रदर्शन गरेको हो। नयाँ बानेश्वरबाट सुरु भएको मार्चपास माइतीघर मण्डलासम्म पुगेको थियो। युवा संघका उपमहासचिव रामजी सापकोटाले निर्वाचनको पक्षमा माहोल बनाउन सडकमा मार्चपास गरिएको बताए। प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको तस्बिर अंकित प्लेकार्ड बोकेका थिए।

प्रतिपक्षी दलविरुद्ध सडक प्रदर्शन गर्दै सत्तापक्ष युवा संघ

नेकपा एमाले केपी ओली पक्षको राष्ट्रिय युवा संघ नेपालले सडक प्रदर्शन गर्ने भएको छ । दिउँसो ३ बजे नयाँ बानेश्वरबाट प्रदर्शन गर्ने यूवा संघले जनाएको छ ।वर्तमान सरकार र नेकपा एमालेको बिरुद्ध घेराबन्दी, विपक्षी गठबन्धनको  असंवैधानिक र राष्ट्रघाती कदमको बिरुद्धमा सडक प्रदर्शनका लागि भन्दै उनीहरुले कानुनी शासन कायम गरौं, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ, संविधान मिच्न पाइँदैन, राष्ट्रघाती गठबन्धन चाहिँदैन जस्ता नारा तयार पारेका छन् । सरकारले निषेधित क्षेत्र तोकेको बान

युवा संघ नेपालको विरोध प्रदर्शन

राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएकाहरूलाई सरकारले वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।शनिबार काठमाडौंको माइतीघर मण्डलामा नेकपा एमाले माधवकुमार नेपाल समूह निकट युवा संघ नेपालका नेताहरूले विरोध प्रदर्शन गरेका हुन ।राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतल निवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएकाहरूलाई विभिन्न मानपदवी, अलङ्कार र […]