प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध प्रदर्शन गरेको छ । बजेट निर्माणका बेला मन्त्रालयमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप खेपिरहेका मन्त्री शर्मालाई हटाउन माग गर्दै युवा संघले प्रदर्शन गरेको हो ।सोमबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा मन्त्री शर्मामाथि लागेका आरोपहरुबारे छानबिन हुनुपर्ने माग राखेका थिए । अर्थमन्त्री शर्माले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै आइरहेका छन् ।