२९ मंसिर, काठमाडौं । धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भीष्मराज ढुंगानामाथि छानविन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन अर्थ मन्त्रालयमा नै ‘गायब’ भएको छ । सर्वोच्च अदालतले ढुंगानामाथिको जाँचबुझ प्रतिवेदन पेश गर्न आदेश दिएकोमा अर्थ मन्त्रालयले प्रतिवेदन नभेटिएको भनी जवाफ दिएको छ । धितोपत्र बोर्डको अध्यक्षबाट बर्खास्तीमा परेका ढुंगानाले सरकारको निर्णयविरुद्ध गत कात्तिक ७ गते सर्वोच्च अदालतमा […]