छानबिन समितिले आज पूर्वअर्थमन्त्री शर्मासँग बयान लिने

काठमाडौं। अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको घुसपैठ र सीसीटीभी फुटेज प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज (बुधबार) पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग बयान लिने भएकाे छ । मंगलबार बसेको संसदीय विशेष समितिको बैठकले पूर्वअर्थमन्त्री शर्मालाई बुधबार बयानका लागि बोलाउने निर्णय गरेको हो । सीसीटीभी फुटेज गायब भएपछि छानबिनका लागि संसदीय छानबिन विशेष समिति […]