नीति विपरीत जनप्रतिनिधिको सुविधा बढाउने तयारी

आगामी आर्थिक वर्षको बजेटमा प्रशासनिक खर्च घटाइएको दावी गरेको कर्णाली प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा भने झण्डै दोब्बर बढाउने तयारी गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले स्थानीय तहका सबै जनप्रतिनिधिहरुको सेवा सुविधा वृद्धि गर्नेगरी प्रदेशसभा सचिवालयमा जनप्रतिनिधिको सुविधासम्बन्धी विधेयकमा संशोधन विधेयकको मस्यौदामा पेश गरेको हो । आगामी आर्थिक वर्षको बजेट भाषणको बुँदा नं. १८४ मा चालू खर्च घटाउने र प्रशासनिक खर्च कटाउने नीति कार्यान्वयनका लागि आवश्यक कानुन बनाउने उल्लेख छ । तर, बजेट कार्यान्वयन नहुँदै प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिका लागि यातायातमा दोहोरो सुविधा प्रस्ताव गर्दै सुविधा सम्बन्धी ऐन संशोधन गर्ने तयारी गरेको छ ।

सम्बन्धित सामग्री

शेखर पक्षले भेला बोलाउँदै, देउवामाथि दबाव बढाउने रणनीति

१५ असार, काठमाडौं । नेपाली कांग्रेसको नेता डा. शेखर कोइराला पक्षले सभापति शेरबहादुर देउवाको कार्यशैलीमा आपत्ति जनाउँदै दबाव बढाउने रणनीति लिएको छ । कोइराला पक्षले सभापतिले पार्टीको विधान अनुसार काम नगरेको मुद्धालाई प्राथमिकता साथ उठाउने तयारी गरेको छ । भ्रातृ संस्थाको नेतृत्व चयन, विभाग गठन, नीति महाधिवेशन लगायतका विषयमा सभापति देउवाले विधान कार्यान्वयन नगरेको भन्दै […]

लोकप्रिय बजेटको तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि लोकप्रिय बजेट ल्याउने तयारी गरेको छ । मसिंर महिनामा हुने प्रदेश र संघको निर्वाचनलाई लक्षित गरेर सरकारले केही लोकप्रिय कार्यक्रम अगाडि बढाउने भएको हो । त्यसैअनुरुप सरकारले मंगलबार नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति […]

हप्तामा दुई दिन सरकारी बिदा दिने निर्णय: के अस्पतालको ओपिडी आइतबार बन्द हुन्छ?

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेलका अनुसार ओपिडी सेवा आइतबार हुने वा नहुने? हुने हो भने कसरी? नहुने हो भने अन्य दिनको ओपिडी सेवा बढाउने वा नबढाउने? लगायतका विषयमा छलफल गरेर मात्र निर्णयमा पुग्ने तयारी भएको छ।

एससीसी पास गर्न एमाले फकाउने नीतिमा देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अघि बढाउन नेकपा एमालेलाई फकाउने नीति लिएका छन् । एमाले नेतृत्वकै अघिल्लो सरकारले एमसीसी परियोजनालाई संसद्बाट अघि बढाउने तयारी गरिरहँदा राजनीतिक घटना क्रममा फेरबदल भएको निष्कर्षसहित प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले एमालेलाई पनि एमसीसीमा सहमत गराएर अघि बढ्ने नीति लिएका हुन् […]

एमसीसी पास गराउन एमाले फकाउँदै देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अघि बढाउन नेकपा एमालेलाई फकाउने नीति लिएका छन् ।एमाले नेतृत्वकै अघिल्लो सरकारले एमसीसी परियोजनालाई संसद्बाट अघि बढाउने तयारी गरिरहँदा राजनीतिक घटना क्रममा फेरबदल भएको निष्कर्षसहित प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले एमालेलाई पनि एमसीसीमा सहमत गराएर अघि बढ्ने नीति लिएका हुन् ।‘एमसीसी देशको हितमा आएको परियोजना हो । यसमा कसैले विमति राख्नुपर्ने अवस्था नै छैन, यो देशकै हितमा छ

कार्यकर्ता पोस्ने नीति : सहकारी र वन समूहलाई सोझै १० करोडको ठेक्का !

२९ भदौ, काठमाडौं । सरकारले उपभोक्ता समितिले काम गर्न पाउने रकमको सीमा एक करोडबाट बढाउने तयारी गरेपछि विरोध सुरु भएको छ । उपभोक्ता समितिलाई काम दिने नाममा ठूला रकमको ठेक्कामा समेत प्रतिस्पर्धा नै नहुने अवस्था बनाउन लागिएको निर्माण व्यवसायीहरुको आरोप छ । उपभोक्ता समिति गठनदेखि दर्ता, निर्माण सम्झौता, योजना सञ्चालन, सुपरीवेक्षण र हस्तान्तरण तथा समितिको […]

राष्ट्रिय औषधि नीति निर्माण गरिने

सरकारले नयाँ राष्ट्रिय औषधि नीति ल्याउने र औषधि ऐन २०३५ संशोधन गरेर यसको दायरा बढाउने तयारी थालेको छ । औषधि व्यवस्था विभागले समयसापेक्ष राष्ट्रिय औषधि नीति निर्माण गर्ने र औषधि ऐन संशोधन गर्ने अबको मुख्य योजना रहेको बताएको छ । यसअघि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले लागू गरिएको तत्कालीन राष्ट्रिय स्वास्थ्य नीति २०४८ को परिपूरक नीतिका रूपमा राष्ट्रिय औषधि नीति २०५१ निर्माण गरिएको थियो । औषधि क्षेत्रको वृत्ति विकासका लागि औषधि नीति ल्याउने योजना रहेको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले बताए । राजधानी ...

राष्ट्रिय औषधि नीति निर्माण गरिने

काठमाडौं, साउन २९ । सरकारले नयाँ राष्ट्रिय औषधि नीति ल्याउने र औषधि ऐन २०३५ संशोधन गरेर यसको दायरा बढाउने तयारी थालेको छ । औषधि व्यवस्था विभागले समयसापेक्ष राष्ट्रिय औषधि नीति निर्माण गर्ने र औषधि ऐन संशोधन गर्ने अबको मुख्य योजना रहेको बताएको छ । यसअघि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले लागू गरिएको तत्कालीन राष्ट्रिय […]

बीटीआइमा इन्जिनियरिङ विषय पढाउने तयारी

बुटवल टेक्निकल इन्ष्टिट्यूट (बीटीआई) को स्तरोन्नति गर्दै इन्जिनियरिङका विभिन्न विषयमा उच्च तहका कक्षा समेत सञ्चालन गर्ने तयारी गरेको छ । त्यसको तयारी बुटवल उपमहानगरपालिका रुपन्देहीले गरेको हो ।  २०२० सालमा स्थापना भएको बीटीआई उपमहानगर मातहत रहेको र प्राविधिक विषयमा व्यवहारिक विषय बढाउने यसक्षेत्रकै पुरानो तथा प्रतिष्ठित संस्था हो । यसलाई स्तरोन्नति गरि इन्जिनियरिङ विषयका विभिन्न तहका कक्षा सञ्चालन गर्न उपमहानगरले चासो बढाएको छ ।  प्राविधिक तथा सीपमूलक शिक्षालाई नीति तथा कार्यक्रममै समावेश गरेर प्राथमिकतामा राखे...