बीटीआइमा इन्जिनियरिङ विषय पढाउने तयारी

बुटवल टेक्निकल इन्ष्टिट्यूट (बीटीआई) को स्तरोन्नति गर्दै इन्जिनियरिङका विभिन्न विषयमा उच्च तहका कक्षा समेत सञ्चालन गर्ने तयारी गरेको छ । त्यसको तयारी बुटवल उपमहानगरपालिका रुपन्देहीले गरेको हो ।  २०२० सालमा स्थापना भएको बीटीआई उपमहानगर मातहत रहेको र प्राविधिक विषयमा व्यवहारिक विषय बढाउने यसक्षेत्रकै पुरानो तथा प्रतिष्ठित संस्था हो । यसलाई स्तरोन्नति गरि इन्जिनियरिङ विषयका विभिन्न तहका कक्षा सञ्चालन गर्न उपमहानगरले चासो बढाएको छ ।  प्राविधिक तथा सीपमूलक शिक्षालाई नीति तथा कार्यक्रममै समावेश गरेर प्राथमिकतामा राखे...

सम्बन्धित सामग्री

इन्जिनियरिङ अध्ययनमा २५ वर्षे अनुभव बाँडिरहेको कसमस

सन् २००० ताका नेपालमा निजी कलेजको संख्या एकदमै कम थियो । उसमाथि इन्जिनियरिङ पढाउने कलेज तुलनात्मक रूपमा झन् थोरै थियो । आईओई अर्थात् इन्स्टिच्युट अफ इन्जिनियरिङले सीमित कोटामा मात्र भर्ना गर्दा विद्यार्थीहरूले देशबाहिरै गएर पढ्नुपर्ने बाध्यता थियो, जसका कारण भारतका विश्वविद्यालयमा समेत नेपाली विद्यार्थीको संख्या बढ्दो थियो ।सोही समस्या निराकरण...

इन्जिनियरिङ अध्ययनमा २५ वर्षे अनुभव बाँडिरहेको कसमस

सन् २००० ताका नेपालमा निजी कलेजको संख्या एकदमै कम थियो । उसमाथि इन्जिनियरिङ पढाउने कलेज तुलनात्मक रूपमा झन् थोरै थियो । आईओई अर्थात् इन्स्टिच्युट अफ इन्जिनियरिङले सीमित कोटामा मात्र भर्ना गर्दा विद्यार्थीहरूले देशबाहिरै गएर पढ्नुपर्ने बाध्यता थियो, जसका कारण भारतका विश्वविद्यालयमा समेत नेपाली विद्यार्थीको संख्या बढ्दो थियो ।सोही समस्या निराकरण...

होटल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढ्दै

नवलपुर । पछिल्लो समय होटल म्यानेजमेन्ट विषयतर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अध्ययन र उत्तीर्ण गर्न सहज तथा रोजगारीका अवसर धेरै हुने भएकाले होटल म्यानेजमेन्टतर्फ विद्यार्थीको आकर्षण बढ्न थालेको हो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा कक्षा ११ मा होटल म्यानेजमेन्ट (एचएम) अध्ययनरत गौरव गुरुङले अध्ययनपछि तुरुन्त रोजगार पाइने भएकाले यो विषय पढेको बताए । बाँकेको नेपालगञ्ज घर भएका गुरुङ होटल म्यानेजमेन्ट पढ्नकै लागि यहाँ आएको बताउँछन् । होटल म्यानेजमेन्ट अध्ययनपछि स्वदेशमा रोजगार तथा विदेशमा पनि उच्च माग भएको आफूले बुझेको भन्दै गुरुङले स्वरोजगार हुन र जीवनोपयोगी शिक्षाका लागि समेत यो विषय पढेको बताए ।  नेपालको पूर्वी जिल्ला खोटाङबाट एचएम पढ्न यहाँ आएकी रोनिशा भुजेलले भान्छामा हुने सामान्य कामदेखि बोल्ने शैली, सरसफाइलगायत धेरै कुराको सिकाइ होटल म्यानेजमेन्टमा हुने गरेको बताइन् । ‘हामीले पढेको सिद्धान्तलाई व्यवहारमा लागू गर्दै अध्ययन गर्न रमाइलो हुने गरेको छ,’ उनले भने, ‘एचएम पढेपछि होटलमात्रै नभएर धेरै क्षेत्रमा रोजगारको अवसर खुल्ने भएर पढ्न शुरु गरेको हो । एचएमको पढाइले आफ्नो दैनिक जीवनमा समेत परिवर्तन ल्याएको उनले सुनाइन् ।   होटल म्यानेजमेन्टका प्रशिक्षक सरोज तामाङले अहिले देशमा भएका धेरैजसो होटल, रेस्टुरेन्टमा पढेर नभई गरेर सिकेका कामदारमात्रै भएको भन्दै त्यस्ता जनशक्तिसँग काम राम्रै गर्ने ज्ञान भए पनि होटल व्यवस्थापनको सैद्धान्तिक ज्ञान नहुने बताए । अन्तरराष्ट्रिय स्तरका पाहुनालाई स्वागत गर्न सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान आवश्यक पर्ने हुँदा आधुनिक र ठूला होटलले पढेकै जनशक्ति खोज्ने भएकाले पनि एचएम पढ्न विद्यार्थीको आकर्षण बढेको उनको भनाइ छ । ‘नेपालमै पनि नयाँनयाँ पर्यटकीय क्षेत्रको विकास, ठूला होटल रेस्टुरेन्टको स्थापना हुँदै जाँदा पढेका जनशक्तिको माग बढ्दो छ,’ उनले भने, ‘सानादेखि ठूला होटल, रेस्टुरेन्टमा होटल म्यानेजमेन्ट पढ्नेको ठूलो माग छ ।’  स्वेदशमै रोजगारबाहेक धेरैजना विदेश जानका लागि पनि होटल म्यानेजमेन्ट पढ्न आकर्षित हुने गरेको तामाङले बताए । ‘खासगरी पश्चिमा मुलुकमा होटल म्यानेजमेन्ट पढेको जनशक्तिको माग धेरै छ,’ उनले भने, ‘यो विषय पढेपछि हस्पिटालिटीतर्फको भविष्य त एकातर्फ छ नै, साथै हवाई क्षेत्र, पर्यटकीय क्षेत्र, ट्राभल्स एण्ड टुर्स तथा एचएम पढाइ हुने कलेजमा विभागीय प्रमुख भएर काम गर्ने अवसर मिल्छ ।’  पढेपछि राम्रो आम्दानीसमेत हुने भएकाले होटल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीको सङ्ख्या बढेको उनले बताए ।   अक्सफोर्ड कलेजमा राष्ट्रिय परीक्षा बोर्डतर्फको व्यवस्थापन सङ्कायका विभागीय प्रमुख हरि थपलियाले कक्षा ११ मा होटल म्यानेजमेन्ट पढ्न आउने विद्यार्थीको सङ्ख्या बर्सेनि बढ्दै गएको बताए । ‘गत वर्ष हामीले होटल म्यानेजमेन्टको तीनओटा सेक्सनमात्रै अध्ययन गराएका थियौं,’ उनले भने, ‘यस वर्ष कक्षा ११ मा होटल म्यानेजमेन्टको चारओटा सेक्सनमा विद्यार्थी अध्यापन गर्दै आएका छौं ।’  यहाँ माध्यमिक शिक्षा उत्तीर्ण गरेका विद्यार्थी काम र पढाइ दुवैका लागि विदेश जाने पनि भएको भन्दै उनले यो विषयमा पढेको कुरा खेर नजाने भएकाले विद्यार्थीको आकर्षण बढेको बताए ।  अरूको रोजगारी गर्न मन नहुनेले आफै होटल, रेस्टुरेन्ट खोलेर सञ्चालन गर्ने क्षमताको समेत विकास हुने हुँदा स्वरोजगार बन्ने र अरूलाई रोजगारी दिने अवसर पनि होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीमा हुने उनको भनाइ छ । ‘अन्य विषय पढेका विद्यार्थीले भन्दा छिटो अवसर पाइने भएकाले पनि एचएममा विद्यार्थीको आकर्षण बढ्दो छ,’ उनले भने । नेपालीमा आधुनिकीकरणको नक्कल गर्ने क्रम बढेसँगै होटल म्यानेजमेन्ट पढ्न चाहने बढ्नु पनि स्वाभाविक भएको थपलियाले बताए ।   होटल म्यानेजमेन्ट अध्ययन हुने अर्को शैक्षिक संस्था इडन गार्डेन माविका प्रिन्सिपल प्रेमहरि सुवेदीले होटल म्यानेजमेन्टतर्फ विद्यार्थीको आकर्षण बढेसँगै यो विषय पढाउने शैक्षिक संस्थासमेत बढेको बताए । उनले नवलपुर र चितवनमा कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट पढाउने विद्यालयमात्रै नभएर स्नातक तहमा होटल म्यानेजमेन्ट पढाउने कलेजको सङ्ख्यासमेत बढ्दै गएको बताए ।  ‘नवलपुर र चितवनबाहेक अन्य छिमेकी जिल्लाबाट समेत हाम्रो विद्यालयमा एचएम पढ्नका लागि विद्यार्थी आउने गरेका छन्,’ उनले भने, ‘यो शैक्षिक सत्रमा हामीले पनि एचएमका दुईओटा कक्षा सञ्चालन गरेका छौं ।’  किताबमा पढेका सैद्धान्तिक विषयवस्तु विद्यार्थीले प्रयोगात्मकरूपमा गरेर अनुभव हासिल गर्न पाउने भएकाले पनि यो विषयमा विद्यार्थीको आकर्षण बढेको हुनसक्ने उनको भनाइ छ । स्तरीय होटल खुल्ने क्रम बढेको र त्यहाँ पढेको जनशक्तिको माग हुने भएकाले पनि एचएममा विद्यार्थीको आकर्षण बढेको उनको भनाइ छ । रासस

खल्तीले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा फिनटेक कोर्ष पढाउने

खल्तीले पुल्चोक इन्जिनियरिङ क्याम्पससँगको सहकार्यमा स्नातक तहका विद्यार्थीहरूलाई ‘अप

पढाइसँगै अतिरिक्त क्रियाकलापमा जोड दिदैँ आएको हिमालय कलेज अफ इन्जिनियरिङ

हिमालय कलेज अफ इन्जिनियरिङ ललितपुरको च्यासलमा रहेको छ । सन् २००० मा स्थापना भएको कलेजले त्रिभुवन विश्वविद्यालय सम्बन्धन प्राप्त गरेको छ । आजभन्दा करिब २३ वर्षअगाडी देशमा विकासको मेरुदण्ड बनेका दक्ष इन्जिनियरहरू उत्पादन गर्न कलेजको स्थापना भएको कलेजका प्रिन्सिपल किशोर गौतम बताउँछन् । ‘प्राविधिक विषय पढाउने उद्देश्यले हिमालय कलेज अफ इन्जिनियरिङ ल्याएका हौं,’ उनले...

बारबर्दिया नगरपालिकाले इन्जिनियरिङ, एमबीबीएस र सीए विषय पढाउने

२७ भदौ, बर्दिया । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले प्राविधिक तर्फका तीन विषयहरु इन्जिनियरिङ, एमबीबीएस र सिए विषय पढ्न चाहने निम्न आयस्रोत भएका विद्यार्थीलाई पूर्ण छात्रवृतिका लागि आवेदन माग गरेको छ । यी तीन विषयमा एक एक जनालाई छात्रवृत्ति प्रदान गर्ने योजना अनुसार २५ लाख बजेट विनियोजन गरेको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाले पढ्न चाहने […]

शुल्क वैज्ञानिक बनाउन विद्यार्थीको माग

काठमाडौं । ‘शैक्षिक माफिया होसियार’, बिल देखा पैसा लैजा’, ‘महामारीसँग लड्ने कि कलेज प्रशासनसँग ?’, ‘अनलाइन पढाउने, हाम्लाई केही नबुझाउने’, ‘पूरै शुल्क तिराउने, व्यापार बढाउने’ लगायत लेखिएको पम्प्लेट बोकेर युवाहरू सडकमा नारा लगाइरहेका थिए । यो माइतीघरको दृश्य हो । १० वटा निजी इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले बानेश्वरदेखि विरोध र्‍याली गर्दै माइतीघरमा...

मनमोहन प्राविधिक विश्वविद्यालयमा अर्को वर्षदेखि पढाइ

स्नातकमा पानीजहाज र रेल्वे इन्जिनियरिङ पढाउने तयारी प्रदेश १ सरकारले स्थापना गरेको मनमोहन प्राविधिक