काठमाडौं : सरकारले निर्वाचनको मिति तोकेसँगै सबै राजनीतिक दलहरू चुनावी मोर्चामा होमिएका छन्। आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको रणनीति बनाउन सबै दलहरू सक्रिय भएर लागेका छन्। सत्ता गठबन्धनसँग वैशाख भएको स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेको प्रमुख प्रतिपक्षी दल पनि निर्वाचन विशेष रणनीति बनाउन केन्द्रित भएको छ। कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार