सरकारले मुख्यसचिव र सचिवको कार्यकाल छोट्ट्याउन गृहकार्य अघि बढाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च स्रोतका अनुसार मुख्यसचिवको कार्यकाल दुई वर्ष र सचिवको कार्यकाल तीन वर्ष कायम हुने गरी प्रस्ताव गर्न लागिएको छ ।हाल मुख्य सचिवको कार्याकाल तीन वर्ष र सचिवको कार्यकाल पाँच वर्ष कायम गरिएको छ। मुख्यसविच र सचिवको कार्यकाल छोटो पार्न संघीय मामिला मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयमा उच्च तहमा आन्तरिक गृहकार्य भइरहेको स्रोतले बतायो। संसद्मा दुई वर्षअघि लगिएको संघीय निजामती सेव