काठमाडौँ : चितवनको खैरहनी नगरपालिकाले विपन्न परिवारका बालबालिकाका लागि बस्तीमै गृहकार्य कक्षा सञ्चालन गरेको छ।ज्यालामजदुरी गरेर परिवार पाल्नुपर्ने, बालबच्चालाई पठनपाठनमा सहजीकरण गर्न नसक्ने परिवारका बालबालिकाका लागि उनीहरूलाई पायक पर्ने बस्तीमा गृहकार्य कक्षा सञ्चालन गरिएको हो।नगरपालिकाले सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीको लागि नगरभित्रको २८ स्थानमा गृहकार्य कक्षा सञ्चालन गरेको छ। गृहकार्य कक्षाको लागि बस्तीे नजिक रहेको कोठा, सामुदायिक भवन, संघसंस्थाको भवन र