लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

चैत १४, काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन आज (सोमवार) रहेको छ । बैंकले कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर फागुन ३० गते देखि लिलामीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापकहरु वा योग्य जो कोही व्यक्ति तथा संगठित संस्थाहरुले सोमवार अपरान्ह्र ३ बजेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. २५० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिने छ । बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण  कित्ताका लागि आवेदन दिन पाइनेछ । सोमवार ३ बजेसम्म प्राप्त भएका बोलपत्र चैत १७ गते बिहान १० बजे कुमारी क्यापिटल लिमिटेड नागपोखरी नक्सालमा खोलिने कम्पनीले जानकारी दिएको छ । विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।