लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज

असोज १, काठमाडौं । सनराइज बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन शुक्रवार बैंकिङ समयसम्म रहेको छ ।  उक्त कम्पनीले इन्स्योरेन्सको १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर भदौ १८ गतेदेखि लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिशेयर रू. ४२१ दशमलव ६३ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।  बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने छन् ।  बैंकिङ समयसम्म प्राप्त भएको बोलपत्र आगामी असोज ४ गते बिहान ११ बजे सनराइज क्यापिटल लिमिटेड कमलपोखरीमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खोलिने पनि कम्पनीले बताएको छ ।