शिखर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन सोमवारसम्म

वैशाख २५ काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन सोमवारसम्म रहेको छ । कम्पनीले वैशाख १९ गतेदेखि ७७ हजार ७२० दशमलव ८८ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा विक्री खुला गरेको हो  । इच्छुक आवेदकले सोमवार बैंकिङ्ग समयसम्म  बोलपत्र पेश गर्न सक्नेछन् ।  कम्पनीले यसअघि २०७८ चैत १ गतेदेखि २१ गतेसम्म ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारणतर्फको उक्त शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गरेको हो ।   शेयरको मूल्य प्रतिकित्ता रू.१०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।  बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढीका लागि तोकिएको सीमाको अधिनमा रही अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने जानकारी कम्पनीले दिएको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्रको छानविन गरी सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर बाँडफाँट गरिने भनाइ कम्पनीको छ । इच्छुक खरीदकर्ताहरुले विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं तथा शाखा कार्यालयहरु पुतलीसडक काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर वीरगञ्ज र गोल्छाचोक विराटनगरका साथै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढीबाट पनि आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।

सम्बन्धित सामग्री

सिंगटी हाईड्रो इनर्जीको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडको सर्वसाधारणतर्फको लिलामी शेयरमा आवेदन अन्तिम दिन आज रहेको छ । कम्पनीले चैत १२ गतेदेखि ४६ लाख ११ हजार ५३५ कित्ता शेयर लिलामीमार्फत विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेस गर्नुपर्नेछ । सो शेयर खरीदका लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम संख्याको लागि कुनै हद लाग्ने छैन ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ । लगानीकर्ताले विक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट आवेदन दिन सक्ने छन् ।

सिंगटी हाईड्रो इनर्जीको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडको सर्वसाधारणतर्फको लिलामी शेयरमा आवेदन अन्तिम दिन आज रहेको छ । कम्पनीले चैत १२ गतेदेखि ४६ लाख ११ हजार ५३५ कित्ता शेयर लिलामीमार्फत विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेस गर्नुपर्नेछ । सो शेयर खरीदका लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम संख्याको लागि कुनै हद लाग्ने छैन ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ । लगानीकर्ताले विक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट आवेदन दिन सक्ने छन् ।

एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १९ असार । हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर लिलामीमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । फागुन १ गतेदेखि फागुन १५ गतेसम्मको समयसीमा तोकेर एचआईडीसीएलले लिलामीमा ल्याएको ३ करोड ३० लाख कित्ता संस्थापक सेयरको लिलामी प्रकृया फागुन १३ गते स्थगित भएको थियो । संस्थापक समूहको सेयर भएता पनि दोश्रो […]

एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज

हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर लिलामीमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । फागुन १ गतेदेखि फागुन १५ गतेसम्मको समयसीमा तोकेर  एचआईडीसीएलले लिलामीमा ल्याएको ३ करोड ३० लाख कित्ता संस्थापक सेयरको लिलामी प्रकृया फागुन १३ गते स्थगित भएको थियो । संस्थापक समूहको सेयर भएता पनि दोश्रो बजारमा सर्वसाधारणसरह नै कारोबार हुने भन्ने जानकारी कम्पनी व्यवस्थापनले दिएको थियो र सोही आशयका समाचार विवरण सार्वजनिक भएका थिए । संस्थापक समूहको सेयर कसर

गुडविल फाइनान्सको संस्थापक शेयरमा आवेदन दिने अन्तिम दिन आज

गुडविल फाइनान्सको संस्थापक शेयरमा लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । फाइनान्सले १४ चैत बाट ९३ हजार ४ सय ८९ कित्ता शेयरमा आवेदन माग गरेको थियो ।

नेशनल माइक्रोफाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक सेयर लिलामी भर्ने आज (बुधबार) अन्तिम दिन रहेको छ। संस्थाले ३० भदौबाट ३६ हजार ५०० कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको थियो। कम्पनीले यसको मूल्य प्रतिकित्ता १ हजार २२ रुपैयाँ तोकेको छ। न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिन्छ। आवेदन दिने लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार […]

मञ्जुश्री फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

मञ्जुश्री फाइनान्सको लिलामी सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीको लिालामी सेयरमा बैंकिङ सयमसम्म आवेदन दिन सकिने छ । कम्पनीले साउन १४ गतेदेखि १२ हजार ५८७ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश […]

मेरो माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २९ साउन । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको साउन १९ गतेदेखि विक्रिमा आएको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको पटक–पटक लिलामीमा बिक्रि गरी बाँकी रहेको ८९ हजार ४३१ कित्ता शेयर पुनः लिलामी बिक्रिमा ल्याएको हो । कम्पनीको शेयरको मुल्य ५९५ रुपैयाँ तोकिएको हुनाले सो मुल्यमा शेयर […]

स्वावलम्बन लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २९ असार । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी बिक्रि खुल्ला भएको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । संस्थाले असार १८ गतेदेखि लिलामी विक्रिमा ल्याएको १ लाख ९० हजार ६५३ कित्ता शेयरमा बोलपत्र आजसम्म पेश गर्न सकिन्छ । कम्पनीले प्रतिकित्ता न्युनतम मूल्य ७०० तोकेको हुनाले शेयर खरिदका […]

नेशनल माइक्रोफाइनान्सको ८० हजार कित्ता लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ३० जेठ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८० हजार कित्ता लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । बिक्रीमा ल्याएको छ । संस्थाले जेठ १६ गतेदेखि संस्थागत समुह अन्तर्गतको ८० हजार कित्ता संस्थापक सेयर लिलामी मार्फत विक्रिमा ल्याएको थियो । प्रतिकित्ता शेयरको न्युनतम मुल्य १ हजार २२ रुपैयाँ तोकिएको छ । […]