साउन २०,काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन शुक्रवार बैंकिङ समयसम्म रहेको छ ।
कम्पनीले साउन १४ गतेदेखि ५ लाख ४२ हजार ९६५ कित्ता संसथापक शेयर लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य रू.५०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
इच्छुक आवेदकले बोलकबोल गर्दा न्यूनतम ५०० कित्ताका लागि बोलपत्र पेश गर्न सक्नेछन् भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने पनि कम्पनीले बताएको छ ।
विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । उक्त लिलामीमा शेयरमा विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी,संघसंस्थाहरुले साउन २२ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।