वरिष्ठ अधिवक्ता शम्भु थापाले अहिलेका प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको जिकिर गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सोमवार बहस गर्दै वरिष्ठ अधिवक्ता थापाले जतिपटक संविधान पल्टाए पनि या जति लामो कुरा बोलेपनि संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिएको जिकिर गरे ।
‘जति बोलेपनि त्यही कुरा हो, जतिपल्ट संविधान पल्टाएर हेर्दा पनि प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छैन । प्रधानमन्त्रीसँग अर्को संविधान छ भने अर्को कुरा हो । संविधान स...