काठमाडाैं : वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको बताएका छन्। बुधवार नेपाल बार एसोसिएसनले गरको सर्वोच्च अदालतमा धर्नाको कार्यक्रम सकिएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको भन्दै नयाँ प्रधानन्यायाधीश नियुक्ती गर्ने जिम्मा सरकार र प्रतिपक्षी दलको भएको बताए। बारले नयाँ प्रधानन्यायाधीशको नियुक्तीको लागि आन्दोलन गरेको उनको तर्क छ। ‘आज प्रधानन्यायाधीशको सिट खाली छ। कसरी मनोनयन गर्ने, कसरी नियुक्ति