गत साता परेको बेमौसमी वर्षाले रौतहटका विभिन्न स्थानका इँटाभट्टामा काँचो इँटा नष्ट गरेको छ । म्यानमा पोल्न खेतभरि सुकाएर राखिएको इँटा पानीले गलेको हो । धेरैजसो व्यवसायीले पानी पर्ने अनुमान गर्न नसकेकाले काँचो इँटा जोगाउनै सकेनन् । केहीले प्लास्टिकले छोपेर जोगाएका छन् ।