दाङ : केही दिनअघि भएको वर्षाका कारण दाङमा करिब डेढ करोड रूपैयाँ बराबरको काँचो इँटामा क्षति भएको छ।करिब एक महिनादेखि बनाएर भट्टीमा पोल्न तयार पारिएका काँचो इँटा मंगलबार र बुधबार परेको पानीले क्षति गरेको इँटा उद्योग सञ्चालकहरूले बताएका छन्।दुई दिनसम्म परेको पानीले तयार गरिएको काँचो इँटामध्ये ६० प्रतिशत नष्ट गरेको दाङ देउखुरी इँटा व्यवसायी समिति सहसचिव तेसीराज पोख्रेलले बताए। पोख्रेलका अनुसार एउटा काँचो इँटा तयार गर्न करिब सात रुपैयाँ पर्दछ।‘यति धेरै इँटा कामै नलाग्ने गरी क्षति भएको छ&s