अविरल वर्षाले करोडौं मूल्यको इँटामा क्षति

अविरल वर्षाका कारण करोडौं मूल्यको काँचो इँटामा क्षति पुगेको छ। क्षति पुगेको काँचो इँटाको बारेमा सम्बन्धित उद्योगमा पुगेर शनिबार अनुगमन गरिएको छ। दाङ देउखुरी इँटा व्यवसायी समितिका अध्यक्ष प्रेमनाथ योगीको नेतृत्वमा अनुगमन भएको हो। अध्यक्ष योगीले अनुगमनका क्रममा आठदेखि १३ लाख इँटामा क्षति पुगेको बताउनुभयो। जिल्लामा सञ्चालित उद्योगका १४ लाख इँटामा पूर्ण क्षति पुगेको प्रारम्भिक विवरणले देखाएको छ।