दाङ - इँटाभट्टामा पोल्न तयार पारिएको करोडाैँ मूल्यको काँचो इँटामा हिउँदे वर्षाले क्षति पुर्याएको छ । करिब एक महिनादेखि मजदुर लगाएर बनाइएको काँचो इँटा गएकाे मङ्गलवार र बुधवार परेकाे वर्षाले नष्ट गरेपछि इँटा भट्टा सञ्चालकहरु आर्थिक मारमा परेका छन् ।
दाङमा सञ्चालित इँटाभट्टामा पानी परेपछि काँचो इँटा क्षति गरेको हो । ‘दुई दिन परेको पानीले तयार गरिएको काँचो इँटामध्ये ६० प्रतिशत नष्ट गरेको छ,’ दाङ देउखुरी इँटा व्यवसायी समिति अध्यक्ष रोम वलीले भन्नुभयो, ‘भट्टीमा पोल्नका लागि तय...