९ चैत, काठमाडौं । सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकको विद्युत् महसुल सम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद थप गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद १५ दिन थप गरी २५ चैतसम्म पुर्याएको हो । सरकारले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा गत २४ पुसमा छानबिन आयोग बनाएको हो […]