२७ मंसिर, काठमाडौं । १७ भदौमा नेपाल विद्युत प्राधिकरणले उद्योगहरुलाई डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता महसुल चुक्ता गर्न १५ दिनको अल्टिमेटम दियो । बक्यौता महसुल नतिर्ने उद्योगहरुको विद्युत आपूर्ति बन्द गर्ने प्राधिकरणको चेतावनीपछि २५ भदौमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासंघ पदाधिकारीसहितको टोली प्रधानमन्त्री निवास बालुवाटार पुग्यो । प्रधानमन्त्रीले त्यहीँबाट प्राधिकरणका कार्यकारी […]