काठमाण्डाै – बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धराैटी बुझाएर केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन् । लामिछाने केहीबेरअघि रिहा भएका उनका कानुन व्यवसायी सराेज घिमिरेले जानकारी दिनुभयाे । हिजाे बिहीवार उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले सन्दीपलाई २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो । लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डाैकाे आदेश बदर गर्दै उच्च अदालत पाटनले धरौटीमा रिहा गर्...