काठमाण्डाै – बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन् । उच्च अदालत पाटनले दिएको आदेशपछि २० लाख रुपैयाँ धरौटी बुझाएर उनी आज (शुक्रवार) रिहा भएका हुन् । लामिछाने तीन महिना नौ दिन (९९ दिन) कारागारमा बसेर रिहा भएका हुन् ।
उच्च अदालत पाटनले दिएको आदेश पालना गर्ने प्रतिबद्धतासहित लामिछानेलाई आज थुनामुक्त गरिएको हो । उनले अबको कानुनी प्रक्रिया बाहिरबाटै लड्नेछन् । सन्दीपलाई धरौटीमा छाड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै...